काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन आयोगको परिपत्रका कारण त्रिभुवन विश्वविद्यालयबाट घोषित स्ववियु निर्वाचन अनिश्चित देखिएको भन्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा पूर्व निर्धारित तालिका अनुसार चैत १ गते गर्न आदेशको मागसहित अर्घाखाँची, मरेङ्ग स्थायी घर रहेका उक्त क्याम्पसमा स्नातक दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी लोचन आचार्यले रिट दायर गरेका हुन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

Advertisement

निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयलाई निर्वाचन आचासंतिहा कार्यान्वयनका लागि भन्दै एक पत्रमार्फत निर्वाचन रोक्न भनेपछि अन्यौल सिर्जना हुँदै आएको छ ।

आयोगको पत्रमा ‘विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पुर्व निर्धारित कार्यतालिका बाहेकको निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने’ व्यहोरा उल्लेख छ । तर आयोगको पत्र अगावै घोषित भएको निर्वाचन रोक्न बाधा नरहे पनि क्याम्पस तयार नदेखिएको भन्दै निर्धारित मितिमा निर्वाचनका लागि अन्तरिम आदेशको माग गरिएको छ ।

स्ववियु निर्वाचन नहुँदा क्याम्पसको शैक्षिक विकास एवम् रचनात्मक क्रियाकलापमा आघात पुग्ने जिकिर आचार्यको छ । यसैगरी तोकिएकै समयमा स्ववियू निर्वाचन माग गर्दै सोमबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थी तपेन्द्रबहादुर शाहीले पनि रिट दायर गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!