काठमाडौंका १० क्षेत्रको अन्तिम नतिजाः कसको कति मत ?
काठमाडौं, २४ मंसिर । काठमाडौंका १० ओटै क्षेत्रको अन्तिम नतिजा आएको छ । जसमा कांग्रेस ४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने वाम गठबन्धन ६ क्षेत्रमा विजयी भएको छ ।
क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १० हजार ३७ मत ल्याएर निर्वाचित भए । उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १० हजार २ सय १८ मत ल्याएका छन् ।
यता काठमाडौं क्षेत्र नं. २ मा एमालेका ब...



























