काठमाडौं, २३ मंसिर । निकै रोचक हुँदै गएको गोरखा–२ को चुनावी प्रतिस्पर्धामा नयाँ शक्तिका डा. बावुराम भट्टराईले आफ्नो अग्रता कायम राखेका छन् ।

Advertisement

पछिल्लो मत परिणाम अनुसार भट्टराई २० हजार ८९७ मत सहित अग्र स्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्दी एवं बाम गठबन्धनका साझा उम्मेद्वार नारायणकाजी श्रेष्ठले १७ हजार ८२९ मत सहित भट्टराईलाई पछ्याईरहेका छन् ।

गोरखा–२ मा हालसम्म ४१ ह्जार १२२ मत गणना सकिँदा १ हजार ८७१ मत बदर भएको छ ।

सोही क्षेत्रको प्रदेश ‘क’ तर्फ नयाँ शक्तिका हरिशरण आचार्यले १० हजार ७७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी कमला नहर्कीले ९ हजार ३ मत ल्याएकी छन् ।

उता गोरखा–१ तर्फ माओवादी केन्द्रका नेता हरिराज अधिकारीले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार गोरखा–२ का प्रतिनिधिसभाका उम्मेद्वार अधिकारीले १५ हजार २९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले १३ हजार २२२ मत पाएका छन् । मतगणना जारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!