प्रचण्डको जितसँगै चितवनमा वाम गठबन्धनको क्लिन स्वीप
चितवन, २५ मंसिर । २०७० सालको निर्वाचनमा कांग्रेसको सवैभन्दा सुरक्षित क्षेत्र खोज्दै चितवन आएका थिए, तत्कालीन कांग्रेस सभापति शुशील कोइराला ।
साविक चितवनको ४ नम्वर निर्वाचन क्षेत्र कांग्रेसको बलियो क्षेत्र थियो । जहाँबाट कोइराला उम्मेदवार भएर विजयी भए ।
सोही क्षेत्रसमेत समेटिएको हालको चितवन निर्वाचन क्षेत्र नः ३ मा उठन आइपुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।
प्रचण्डलाई पार्टी संगठन बलियो नभ...
































