तेह्रथुम, २४ मंसिर । तेह्रथुम जिल्लाको प्रदेश सभा (क) बाट बाम गठबन्धनका उम्मेद्धवार लक्ष्मण तिवारी विजयी भएका छन् । नेकपा एमालेका तिवारीको पक्ष्यमा ११ हजार ९ सय २६ मत प्राप्त गरेका छन् ।

Advertisement

उनका निकटतम प्रतिद्धन्दी  तथा नेपाली काँग्रेस जिल्ला सभापति समेत रहेका गोविन्द ढुंगानाको पक्ष्यमा १० हजार २ सय ६० मत परेको छ । तिवारी र ढुंगाना विच १ हजार ४ सय ६६ मत अन्तर रहेको थियो ।

म्याङलुङ र लालीगुराँस नगरपालीका तथा छथर गाँउपालिका रहेको यस जिल्लामा एक वटा निर्वाचन क्षेत्र रहेको छ । (क) मा निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!