रोल्पा, २४ मंसिर । रोल्पा जिल्लामा बाम गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभाका सबै सिटहरुमा जीत हासिल गरेको छ ।

Advertisement

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ भारी मतान्तरले विजयी बनेका हुन् ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पुनले ४० हजार ६४७ मत पाए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत ल्याउँदा  पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् ।

पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् ।

प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी र ‘ख’ दिपेन्द्र कुमार पुन निर्वाचित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!