जाजरकोट, २३ मंसिर । जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह (खगेन्द्रसेन) विजयी भएका छन् ।

Advertisement

सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बेदराज सिंहले १२ हजार ८७८ मत ल्याएका छन् ।

जाजरकोटको प्रदेश (ख) मा यसअघि नै वाम गठबन्धनबाट एमालेका करबीर शाही विजयी भएका छन् । १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!