भक्तपुरमा भीषण आगालगी, ५ घर जलेर नष्ट, आगो अझै नियन्त्रण भएन
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।
इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको उहाँले जानका...

