काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने योजना बनाएको छ । खुद्रे योजना नियन्त्रण गर्न यस्तो गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्री जीवनबहादुर शाहीले प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको खानेपानी योजना लैजाने गृहकार्य भइरहेको जानकारी दिए । मुलुकभर अहिले ७४४ स्थानीय तह निर्धारण गरिएका छन् ।

प्रत्येक तहमा पाँच करोडका दरले विनियोजन हुँदा ३७ अर्ब २० करोड रुपैयाँ आवश्यक पर्छ । प्रत्येक वर्ष सरकारले साना–ठूला गरी मुलुकभर १५ हजार खानेपानी आयोजना स्वीकृत गर्दै आएको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!