१० हजार स्वास्थ्यकर्मी सरुवा गर्ने तयारी
काठमाडौं, १८ पुस । स्वास्थ्य मन्त्रालयले कम्तीमा १० हजार कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको छ । यसअघि, निर्वाचन आचारसंहिताले नियमित हुने सरुवा रोकिएपछि स्वास्थ्य मन्त्रालयले कर्मचारी सरुवा गर्न पाएको थिएन ।
स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको सरुवा रोकिएकोले समस्या भएको बताए । ‘हिजो निर्वाचन आचारसंहिताले दिएन, अहिले सामान्...




























