बेपत्ता आयोगले द्वन्द्वकालमा हराएका झन्डै चार सय नागरिकको ‘मृत्यु भएको’ अनुमानसहित बाँकी छानबिनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा फाइल पठाएको छ ।

पीडित परिवारबाट परेका करिब तीन हजार उजुरीमध्ये चार सय फाइल बेपत्ता आयोगले टीआरसीमा बुझाएको हो । राज्यको अधिकारसम्पन्न जिम्मेवार निकायले छानबिनबिनै बाह्य सूचनाको भरमा टीआरसीमा उजुरीको फाइल पठाएपछि पीडित आक्रामक बनेका छन् ।

Advertisement

हत्याको आशंकासहित बेपत्ताबाट गएका फाइलमा टीआरसीले पनि क्षेत्राधिकारको प्रश्न उब्जाउँदै छानबिन नगरे अकारण अलपत्र पर्ने सम्भावना छ ।

बेपत्ता व्यक्ति मृतक भएको पुष्टि भए तत्काल परम्पराअनुरूप परिवारजनले काजकिरियासमेत गर्नुपर्ने हुन्छ । तर, मृतक पुष्टि नभएसम्म जीवितको सम्भावना रहने हुँदा धार्मिक संस्कार गर्न मिल्दैन । आधिकारिक विज्ञ संलग्न टोलीले ‘एन्टिमार्टम’ वा ‘पोस्टमार्टम’ नगरी बेपत्ता व्यक्तिलाई मृतक ठहर गर्न पनि सकिँदैन ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!