काठमाडौं – सरकारले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ । आज राती सोमबारबाट लागू हुने गरी इन्धनको मूल्यमा बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ । यसअघि पुस ४ गते निगमले मूल्य बृद्धि गरेको थियो ।

Advertisement

निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । भारतबाट नै प्रेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य समायोजन गर्नु परेको निगमको दावी छ । अब पेट्रोलको मूल्य १ सय २ रुपैयाँ पर्नेछ ।

आयल निगमका अनुसार  पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/ एक रुपैयाँ मूल्य बढेको जनाएको छ ।  त्यस्तै, २५ रुपैयाँ खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर पर्ने भएको छ भने, हवाइ इन्धन आन्तरिकतर्फ ३ रुपैयाँ प्रतिलिटर बढाएको छ ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर७९/ ७९ रुपैयाँ पर्नेछ भने,ग्याँस प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ उपभोक्ता मूल्य पर्नेछ ।
यस्तै, आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर हवाई इन्धन पर्ने जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!