
काठमाडौं, १८ पुस । विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन्।
आगामी माघ २७ गते टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको आयोजक विश्व कीर्तिमानी परिषद नेपाल (विकीपने)ले जनाएको छ ।
कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजना गरिएको छ ।















