टिपरले ठक्कर दिएको विकको उपचारको क्रममा मृत्यु
महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु विकलाई लिएर बा १० प ६७१४ नम्बरको मोटरसाइकलमा बर्दिवासतिर जाँदै गरेका युवक विकलाई सोही दिशामा...
