नगरकोट। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पहिलो र दोस्रो स्थानीय निर्वाचनमा आफ्नै कमजोरीका कारण नेपाली काँग्रेस दोस्रो भएको बताएका छन्।

Advertisement

शहीद भरतगोपाल झाको ७८ औंँ जन्मजयन्ती तथा उनको कारागार दैनिकी ‘उही झा’ नामक पुस्तकको आज लोकार्पण गर्दै नेता डा महतले पार्टीभित्रको अन्तरद्वन्द्वलाई सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो भएको र आगामी दिनमा पनि यस्तो कमजोरी रहिरहेमा पार्टीलाई ठूलो धक्का पुग्ने बताए।

उनले भने, ‘स्थानीय निर्वाचनमा हामी दोस्रो भयौँं होला तर आफ्नो जिम्मेवारी र कर्तव्यबाट भने हामी कहिले पनि विमुख हुनेछैनौँ।’

कार्यक्रममा सभासद् रामेश्वरप्रसाद ढुङ्गेल, पूर्व जिल्ला सभापति तिलक कायस्थ, रामबहादुर ठकुरीलगायतले स्व झाको सम्झना गर्दै उनको योगदानका विषयमा चर्चा गरेका थिए।

कार्यक्रममा स्व झाकी धर्मपत्नी शारदा, पार्टी जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, नारायण खायमली, काँग्रेसका नेता तथा झाका मित्र गोविन्द जोशी, थिमी नगरपालिका उपप्रमुख अञ्जना मधिकर्मी, नेत्री रजनी जोन्छेलगायतले झालाई सरकारले नै शहीद घोषणा गर्नुपर्नेमा जोड दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!