भीमदत्तनगर । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ ।

गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो ।

बमलाई पक्राउ गर्न भारतीय प्रहरीको पनि सहयोग मिलेको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिए । बालिकालाई निरन्तर रक्तस्राव भएपछि आफन्तले घटनाबारे थाहा पाएका थिए ।

बालिकालाई कोहलपुरस्थित मेडिकल कलेजमा उपचारपछि घर फर्काइएको छ । अभियुक्त बमलाई जबर्जस्ती करणी अपराधअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!