मेष– घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ ।

वृष– प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ ।

Advertisement

मिथुन– बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

कर्कट– राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला ।

सिंह– आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ ।

कन्या– व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।

तुला– भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।

वृश्चिक– अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।

धनु– दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपलार्् ।

मकर– कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।

कुम्भ– विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ ।

मीन– घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!