महोत्तरी ।  महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब रु १३ लाख पर्ने डिजिटल एक्सरे मेसिन ल्याइएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब रु १३ लाखको लागतमा तीन सय एमए पावर भएको सिआर मेसिन जडित डिजिटल एक्सरे मेसिन ल्याएको छ ।

Advertisement

सो अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन एक वर्ष अगाडिदेखि बिग्रिएर थन्किएको र सानो मेसिन पनि विगत केही दिनदेखि बिग्रिएर कामै नलाग्ने भएपछि अस्पतालको अथक प्रयासपछि सो मेसिन ल्याउन सफल भएको जनस्वास्थ्य प्रमुख नागेन्द्रप्रसाद यादवले बताउनुभयोे ।

अब केही दिनमै सो मेसिन अस्पतालमा सञ्चालनमा ल्याउने प्रमुख यादवले जानकारी दिनुभयो । जिल्लाको सबै भन्दा ठूलो अस्पतालको रुपमा परिचित रहेको जलेश्वर अस्पतालमा सीमावर्ती भारतीय क्षेत्रका दिनहुँ सयौँ बिरामी उपचारको लागि आउने गर्दछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!