काठमाडौं । सहरी विकास मन्त्री प्रभु साह बागमती सफाई अभियानमा सहभागी भएका छन् ।

Advertisement

२ सय १७ औं हप्ताको सफाई अभियानमा मन्त्री साह आज शनिबार नयाँ पुल त्रिपुरेश्वर गुसिङ्गालमा सहभागी भएका हुन् ।

मन्त्री साहले यो अभियानलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।

बागमती नेपालको गौरव भएको उल्लेख गर्दै मन्त्री साहले सफाई अभियानलाई पूर्णता दिन ढलको उचित व्यवस्थापनका साथै जग्गा अतिक्रमण तथा सफाई अभियानलाई प्रविधिसँग जोड्ने गरी मन्त्रालयले भूमिका खेल्ने जानकारी दिए ।

सफाई अभियानका अभियन्ता सिस्नोपानी नेपालका महासचिव टंक आचार्यले मन्त्री साहलाई बागमती मैत्रीको संज्ञा दिदै उनको कार्यकालमा बागमती सफाईले पूर्णता पाउनेमा अभियन्ताहरु आशावादी रहेको बताए ।

 सफाई अभियानमा गायिका कोमल ओली, हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’, सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा, पुर्व सचिवहरु किशोर थापा, डा. कृष्णचन्द्र पौडेल, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय युवा परिषद, अभियानका अभियन्तालगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!