बालविवाहको असर : पढ्ने बेलामा छोराछोरीे हेरचाह
पाल्पा। जनचेतनाको अभावमा यहाँका बालिका १५÷१६ वर्षको उमेरमा पहिले बच्चा जन्माउँछन्, २० वर्षको उमेरमा दुई छोराछोरीका आमा बन्छन्, स्कुल पढ्ने समय बालबच्चाको हेरचाहमा बित्छ भन्दा अब अनौठो मान्नुपर्ने अवस्था छैन ।
पाल्पा रैनादेवी छहरा गाउपालिका–६, ७, र ८ बल्ढेङ्गढी, जुठापौवा र सत्यवती क्षेत्रमा जनचेतनाको कमीले कम उमेरमा भागेर विवाह गर्ने र कमै उमेरमा सुत्केरी हुने गलत परम्परा अझै रोकिएको छैन ।
बल्ढेङ...
