मेलम्ची।  सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा दुईपक्षबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

जयबागेश्वरी माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा मजदुरीको काम गर्ने सुजन चौधरी र विशाल चौधरीबीच झगडा हुँदा गएराति विशाल चौधरीको मृत्यु भएको हो ।

Advertisement

अध्यधिक मादक पदार्थ सेवन गरेका दुवैबीच सामान्य भनाभनपछि बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका–७ स्थायी घर भएका १८ वर्षीय सुजन चौधरीले ह्यामरले टाउकामा हान्दा सोही स्थान घर भएका २० वर्षीय विशाल चौधरीको घटनास्थलमै मृत्यु भएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

घटनास्थल पुगेको प्रहरी टोलीसमक्ष अभियुक्त सुजनले आफूले विशालको हत्या गरेको स्वीकारेका छन् । प्रहरीले चौधरी र हत्यामा प्रयोग गरिएको ह्यामर बरामद गरेको छ ।

शव परीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा ल्याइएको र आफन्त आएपछि शव जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!