जितपुर।  जिपले ठक्कर दिँदा कपिलवस्तुमा आज बिहान एकजनाको ज्यान गएको छ । तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु१च ४५०१ नंको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीको ज्यान गएको हो ।

Advertisement

तौलिहवाबाट जितपुर आउँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका चुदालीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।

जिपले साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई बचाउन खोज्दा चुदालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब निरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।

जिपको ठक्करबाट साइकलमा सवार विद्यार्थी कपिलवस्तु नगरपालिका–६ थुमुवाकी १४ वर्षीया लक्ष्मी यादव घाइते भएकी छिन् ।

उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको र ठक्कर दिने जिप प्रहरीकोे नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!