काठमाण्डौ । करन ताम्राकार,डडेल्धुरा–डडेल्धुराबाट प्रकाशित हुने हिलटाईम्स दैनिक तथा रेडियो अमरगढी एफएममा समचार प्रकाशित भएको गरेको भन्दै पत्रकारलाई धम्क्याउनेहरु पदम भण्डारी,डम्बर साउँद,माधव पन्त र सुरेन्द्र ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले सडकको समाचारको विषयलाई लिएर पत्रकार पुष्कर भडारीलाई फोन तथा सामाजिक सञ्जालबाट धम्क्याएका थिए ।
पत्रकारमाथि व्यवसायीले गाली गलोज गरेको भन्दै नेपाल पत्रकार महासंघ डडेल्धुराले उनिहरुविरुद्ध प्रहरीमा सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता गरेपछि आरोपतिहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराका प्रहरी नायव निरिक्षक चक्रराज जोशीले जानकारी दिए ।
पत्रकारलाई अभद्र ब्यवहार गर्नेमा जिल्ला शिक्षा कार्यलयका सब ईन्जिनियर डम्बर साउँद, प्रमुख जिल्ला अधिकारी डडेल्धुराका डा«इभर सुरेन्द्र ओझा,ब्यवसायी माधव पन्त र घट्ना मुख्य आरोपति मानिने आलोक निर्माण सेवा डडेल्धुराका प्रमुख पदम भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रेस जगतको दमन गर्ने गरि आएको धम्की र समाजिक सञ्जालमा आएका आभिव्यक्तप्रति डडेल्धुरामा क्रियाशिल पत्रकार संगठन नेपाल पत्रकार महासंघ डडेल्धुरा, प्रेस युनियन, प्रेस सेन्टर नेपाल र नेपाल प्रेस सोसाईटीले संयुक्त रुपमा मुद्दा दर्ता गरेका हुन् ।