संगालोखबर संवाददाता

तान्जानियाको  दार एस सलाममा सम्पन्न गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद को चौथो राष्ट्रिय महाधिबेसन ले अध्यक्ष मा रोशन थापा, उपाध्यक्षम प्रेम गुरुङ र विनोद पटेल  र महसचिवमा पुष्प राज भट्टराई लगायत ११ सस्द्सिय नयाँ कार्य समिती दुई बर्षको लागि को चयन गरेको छ ।

Advertisement

अन्तरराष्ट्रिय समिति सदस्यमा संजीत थापा तथा महिला संयोजक अन्जली तामाङ र युवा संयोजकमा दीपक लामिछानेलाई निर्वाचित गरेको छ ।

गैर आवसिय नेपाली संघ तान्जानियाको स्थापना भरत रिजालको नेतृत्वमा २०१३  मा भएको थियो  । हाल तान्जानियामा लगभग एक सय  नेपाली कार्यरत छन् ।

कार्यक्रममा तत्कालिन महासचिव पुष्पराज भट्टराईबाट हाल सम्म भएको कार्यक्रमको बिस्तृत बिवरण तथा आय व्ययको बिवरण समेत प्रस्तूत भएको थियो  ।

अधिवेशन सफल बनाउन र निर्वाचन सम्पन्न गर्न अफ्रीका क्षेत्रीय संयोजक सुनील कार्कीबाट मनोनित पर्यवेक्षक शिव प्रसाद अर्यालको बिशेष सहयोग थियो ।

निर्वाचित पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

नवनिर्वाचित अधक्ष्य थापाले  आगामी बर्षको लागि कार्यक्रम प्रस्तूत गरे ।

कार्यक्रममा नेपालका बाढीपीडितको राहतको लागि सहयोग संकलन पनि गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement