जीवन विकास सामुदायिक अस्पतालको पहिलो वर्ष : ८ हजार बढीले पाए सेवा

जीवन विकास सामुदायिक अस्पतालको पहिलो वर्ष : ८ हजार बढीले पाए सेवा

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनले स्थापनाको पहिलो वर्ष सफलतापूर्वक पूरा गरेको छ । जीवन विकास समाजको सभाहलमा आइतबार एक विशेष समारोहको आयोजना गरी अस्पतालले भव्य रूपमा प्रथम वार्षिकोत्सव मनाएको हो । स्थापनाको पहिलो वर्षमै अस्पतालले उल्लेखनीय प्रगति हासिल गर्दै कुल ८ हजार ५३७ जना बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर...
सुनसरीबाट लागूऔषध र नगदसहित एक जना पक्राउ

सुनसरीबाट लागूऔषध र नगदसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सृजना टोलबाट लागूऔषध र नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय रवि श्रेष्ठ छन् । लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको कोठाबाट लागूऔषध बरामद गरेको छ । उनको कोठाबाट ५ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर, एन १० लेखिएको १ सय ६३ सेतो ट्याब्लेट र ४५ हजार ९ सय रुपैयाँ नगद र १ थान तराजु बरामद भएको स...
सासू-ज्वाइँले ‘कोर्ट म्यारिज’ गरेपछि…

सासू-ज्वाइँले ‘कोर्ट म्यारिज’ गरेपछि…

विराटनगर । भारतको उत्तर प्रदेशको कानपुर देहात जिल्लामा सासू-ज्वाइँको विवाहको घटना चर्चामा आएको छ । उनीहरूले कोर्ट म्यारिजपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मामला चर्किएपछि नवविवाहित जोडी फरार भएका छन् । यो घटना कानपुर देहातको अकबरपुर थाना क्षेत्रको हो । सोसल मिडियामा ज्वाइँ र सासूको विवाहको पोस्ट भाइरल हुनासाथ परिवारका सदस्य र स्थ...
सुनसरीमा तीन जना सवार मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु

सुनसरीमा तीन जना सवार मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ तित्रीवनमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राति करिब ११ः१५ बजे सडकमा रोकेर राखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका-८ का २९ वर्षीय विनोद चौधरीको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइ...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला तीन लाख आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ आज चाँदी प्रतितोला चार हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चा...
विराटनगरमा दुई लाख ५७ हजारसहित तास खालबाट १२ जना पक्राउ

विराटनगरमा दुई लाख ५७ हजारसहित तास खालबाट १२ जना पक्राउ

विराटनगर । विराटनगर-११ जनपथ टोलबाट तास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहानको राति १ः३० बजे महेश अग्रवालको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । तासको खालमा छापा हानेर प्रहरीले विराटनगर-६ का ४० वर्षीय दिलिप साह, विराटनगर-९ का १९ वर्षीय राधे कामत, सुरज शर्मा, १८ वर्षीय निरज साह, २० वर्षीय रोहित सहनी तथा विराटनगर-११ का ७१ वर्षीय मेहिनीप्रसाद प्रसाईं, ३...
भुटानमा भूकम्प जाँदा नेपालमा पनि धक्का

भुटानमा भूकम्प जाँदा नेपालमा पनि धक्का

विराटनगर । भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भएको छ । पुनाखाबाट ५ किलोमिटरको दूरीमा आइतबार राति ११ः२१ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले भुटानसहित नेपाल, भारत, बङ्गलादेश र चीनमा पनि हल्लाएको छ । नेपालमा कोशी प्रदेशका विभिन्न जिल्लामा धक्का महसुस भएको छ ।
कोशी प्रदेशमा भूकम्पको धक्का महसुस

कोशी प्रदेशमा भूकम्पको धक्का महसुस

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा आइतबार राती भूकम्पको धक्का महसुस भएको छ । राती ११ः२३ बजे भूकम्पको धक्का महसुस भएको हो । धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी, मोरङ लगायत जिल्लामा भूकम्पले हल्लाएको छ । भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लाग्न बाँकी छ । Update : भुटानमा भूकम्प जाँदा नेपालमा पनि धक्का
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित भएका छन् । आइतबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले थापाको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा नारदबहादुर कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिव एवं संगठन विभाग प्रमुखमा सिराज जोसी चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा फडिन्द्र थापा, प्रेमबहादुर क...
चौधरी चौकलाई अध्यक्ष कप नकआउट फुटबलको उपाधि

चौधरी चौकलाई अध्यक्ष कप नकआउट फुटबलको उपाधि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि चौधरी चौक युवा क्लब महेशपुर मोरङले जितेको छ  । नडियाटोलको खेल मैदानमा भएको फाइनल खेलमा गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरीलाई ३-० गोल अन्तरले पराजित गर्दै चौधरी चौक च्याम्पियन बनेको हो । चौधरी चौकलाई उपाधि दिलाउन अनिष राजधामीले दुई तथा सनिस लिम्बुले एक गोल गरे । विजेता चौधरी चौकले ५१ हजार र उपविजेता गोल्...
कोशी सरकार आइतबार बिदा हटाउने तयारीमा, मुख्यमन्त्रीले मागे सुझाव

कोशी सरकार आइतबार बिदा हटाउने तयारीमा, मुख्यमन्त्रीले मागे सुझाव

विराटनगर । कोशी प्रदेश सरकारले आइतबार बिदा हटाउने तयारी गरेको छ । हप्तामा पाँच दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा पनि खासै उपलब्धि नदेखिएको भन्दै यसबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुझाव मागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री कार्कीले हप्तामा ६ दिन नै कार्यदिन बनाएर काम गर्दा कस्तो होला भन्दै प्रश्न गरेका छन् । ‘कोशी प्रदेश सरकारले आफ्न...
फेरि गृहमन्त्रीकै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउँछु : सुधन गुरुङ

फेरि गृहमन्त्रीकै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउँछु : सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूलाई फेरि गृहमन्त्रीकै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका छन् । आज रास्वपा गोरखाको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् । ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहाले भने पनि मलाई...
धनकुटामा आठपहरिया समुदायको पहिचान बोकेको ‘सुजुना’ उपन्यासमाथि परिचर्चा

धनकुटामा आठपहरिया समुदायको पहिचान बोकेको ‘सुजुना’ उपन्यासमाथि परिचर्चा

धनकुटा । धनकुटामा उपन्यासकार धनबहादुर आठपहरियाद्वारा लिखित ‘सुजुना’ उपन्यासको परिचर्चा गरिएको छ । नगर क्षेत्रमा मात्रै मुख्य बसोवास रहेका आठपहरियाको ‘मिसन पोएट्री’ र किरात आठपहरिया भाष साहित्य तथा सांस्कृतिक विभाग धनकुटाको संयुक्त आयोजनामा उपन्यासमाथि परिचर्चा गरिएको हो । धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक यज्ञप्रसाद गुरागाईंले पुस्तकमाथि परिचर्चा गर्दै आठपहरिया समुदायको सामाजिक, आर्थिक, सांस...
धनकुटामा सामुदायिक भवन निर्माणका लागि पुराण, सात लाख ६२ हजार रकम संकलन

धनकुटामा सामुदायिक भवन निर्माणका लागि पुराण, सात लाख ६२ हजार रकम संकलन

धनकुटा । धनकुटा नगरपालिका-६ वाघेखोलास्थित धर्मगंगा तथा कैलाशनाथ धाम मन्दिरमा  आयोजना गरिएको श्रीमद् मत्स्य  महापुराणबाट सात लाख ६२ हजार रुपैयाँ संकलन भएको छ । आयोजक राधारानी मिलिजुली महिला समूहले पत्रकार सम्मेलन गर्दै पुराणको आयव्यय प्रस्तुत गर्दै रकम संकलन बारे जानकारी गराएको हो । पुराणमा कार्यालय, संघसंस्था, भक्तजन लगायतबाट सात लाख ६२ हजार ९५ रुपैयाँ आम्दानी भएको महिला समूहकी अध्यक्ष निरूता क...
मोरङको उर्लाबारीमा मलद्वारमा लुकाएर ब्राउन सुगर ओसार्ने दुई युवक पक्राउ

मोरङको उर्लाबारीमा मलद्वारमा लुकाएर ब्राउन सुगर ओसार्ने दुई युवक पक्राउ

विराटनगर । मोरङको उर्लाबारीबाट लागूऔषध ओसारपसार गरिरहेका दुई युवक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको मलद्वारबाट २४ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको हो । उर्लाबारी-७ गोलचोक क्षेत्रबाट मोटरसाइकलसहित उर्लाबारी-६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी-५ का २४ वर्षीय निश्चल गुरुङ पक्राउ परेका हुन् । प्रहरीका अनुसार दुवैले पारदर्शी कन्डम र पोलिथिनमा प्याक गरी मलद्वारभित्र लुकाएको अवस्थामा लाग...
मोरङको जीवन विकास अस्पतालमा बच्चाको जटिल शल्यक्रिया

मोरङको जीवन विकास अस्पतालमा बच्चाको जटिल शल्यक्रिया

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पतालमा एक बालिकाको टाउकाको जटिल शल्यक्रिया गरिएको छ । टाउकोमा गम्भीर चोट लागेर उपचारका लागि भारतबाट ल्याइएकी बालिकाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । बेहोस अवस्थामा रहेकी उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो । परीक्षण गर्दा टाउकाको हड्डी भाँचिएर दबिएको र टाउकोमा रगत जमेको पत्ता लाग्यो । गम्भीर अवस्थामा रहेकी उन...
विराटनगरमा बहुअपाङ्गता भएका ७ वर्षीय बालकमाथि बाबुद्वारा क्रुर व्यवहार

विराटनगरमा बहुअपाङ्गता भएका ७ वर्षीय बालकमाथि बाबुद्वारा क्रुर व्यवहार

विराटनगर । बहुअपाङ्गता भएका सात बर्षीय बालकामाथि क्रुर व्यवहार गर्ने बाबुविरुद्ध इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरको पहलमा प्रहरीमा उजुरी दर्ता भएको छ । उजुरी दर्तासँगै आरोपितलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे छ । विराटनगर महानगरपालिका-१४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीका ४० वर्षीय दिनेश रामले अपाङ्गता भएका सात वर्षीय छोरामाथि क्रुर व्यवहार गर्दै आएका थिए । आरोपित बाबुलाई ...
विश्व वातावरण दिवसको अवसरमा `चुलीपोखरी ट्रास म्याराथन´

विश्व वातावरण दिवसको अवसरमा `चुलीपोखरी ट्रास म्याराथन´

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको `चुलीपोखरी ट्रास म्याराथन´ फोहोर सङ्कलन प्रतियोगिता भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरी पदमार्ग क्षेत्रमा भएको उक्त कार्यक्रममा ७७ जना सहभागीले हाइकिङ, वृक्षारोपण र फोहोर सङ्कलन गरेका छन् । खुडी, इलामबाट सुरु भएको यो म्याराथनमा सहभागीहरूले करिब ३.५ किलोमिटर पहाडी ट्रेल हिँड्दै चुलीपोखरी पुगेका थिए...
सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उदयपुरकाे त्रियुगा नगरपालिका–२ स्थायी घर भई हाल प्रहरी चौकी कोशी ब्यारेज सुनसरीमा कार्यरत ३२ वर्षीय प्रहरी जवान रन्दिप पौडेलकाे मृत्यु भएकाे हाे । उनी कार्यालयको विशेष कामका लागि प्रहरी चौकी कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीत...
कोशी प्रदेशका ६ पालिकामा ‘नवप्रवर्धन साझेदारी परियोजना’ सुरु, ६ करोड ४३ लाख खर्च गरिने

कोशी प्रदेशका ६ पालिकामा ‘नवप्रवर्धन साझेदारी परियोजना’ सुरु, ६ करोड ४३ लाख खर्च गरिने

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका छ वटा पालिकामा यसपटक नवप्रवर्द्धन साझेदारी परियोजना अन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ । प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत इलामको रोङ गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दरहरैंचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकामा यो...
नोबेल मेडिकल कलेजमा संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम 

नोबेल मेडिकल कलेजमा संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम 

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि एकदिने संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम आयोजना भएको छ । अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन तथा अस्पतालको आइपिसी टोलीको विशेष समन्वयमा तालिम सञ्चालन गरिएको हो । स्वास्थ्य सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ तालिम गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत स्वास्थ्...
विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित, ११ हजार ६३० बालबालिका खोपको पहुँचमा

विराटनगरका १९ वटै वडा पूर्ण खोप सुनिश्चित, ११ हजार ६३० बालबालिका खोपको पहुँचमा

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको छ । बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले सञ्चालन गरेको अभियानले सबै वडामा खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको हो । महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ...
कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक

कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको जनाएको हो । सूचना अनुसार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीले फेसबुक, टिकटक र युट्युब प्रयोग...
मोरङको डाँस खोलाबाट धारिलो हतियारसहित १० जना युवायुवती पक्राउ

मोरङको डाँस खोलाबाट धारिलो हतियारसहित १० जना युवायुवती पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-९ र १० को सिमानामा रहेको डाँस खोला किनारबाट धारिलो हतियार तथा विभिन्न औजारसहित १० जना युवा-युवती पक्राउ परेका छन् । उनीहरूलाई बुधबार राति करिब ११ः३० बजेतिर खोला किनारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पथरीशनिश्चरे-१ शिखर चोककी १८ वर्षीया आरिया धिमाल, कृपा लिम्बू, पथरी शनिश्चरे-४ का १८ वर्षीय एबिन राई र १९ वर्षीय सुप्रिम राई छन् । यस्तै ...
वातावरण जोगाउन भूमिका खेल्ने संस्थालाई विराटनगर महानगरपालिकाद्वारा सम्मान

वातावरण जोगाउन भूमिका खेल्ने संस्थालाई विराटनगर महानगरपालिकाद्वारा सम्मान

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई संस्थालाई सम्मान गरेको छ । आज महानगर परिसरमा आयोजित कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवर्द्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रीन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ...
विराटनगरको कान्तिपुर कलेजमा ९०९ जना नयाँ विद्यार्थीलाई अभिमुखीकरणसँगै स्वागत

विराटनगरको कान्तिपुर कलेजमा ९०९ जना नयाँ विद्यार्थीलाई अभिमुखीकरणसँगै स्वागत

विराटनगर । विराटनगरको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरणसँगै स्वागत गरेको छ । विराटनगरस्थित सिटी पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गर्दै कलेजले नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । कलेजका अनुसार यस वर्ष विभिन्न संकायमा गरी जम्मा ९०९ जना विद्यार्थीहरू भर्ना भएका छन् । विज्ञान संकायतर्फ ३२६, व्यवस्थापन तर्फ ४२४ र होटल व्यवस्थापन तर्फ १५९ जना विद्यार्थीहर...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार दुई सय ३० रुपैयाँमा कारोबार...
विराटनगरको शिक्षादीप कलेजमा ११ सय भन्दा बढी विद्यार्थीलाई अभिमुखीकरण, उत्कृष्ट विद्यार्थी सम्मानित

विराटनगरको शिक्षादीप कलेजमा ११ सय भन्दा बढी विद्यार्थीलाई अभिमुखीकरण, उत्कृष्ट विद्यार्थी सम्मानित

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका १ हजार १ सय ३५ जना विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरको सिटी प्यालेसमा कार्यक्रम आयोजना गरेर विज्ञान सङ्कायमा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक मार्गनिर्देशन प्रदान गरिएको हो । सो अवसरमा प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । ९९ प्रतिशत अंकसहित शुभम झा प्रथम, ९८ प्रत...
धनकुटामा लोड गरेको भरुवा बन्दुक बोकेर हिँडिरहेका एक युवा पक्राउ

धनकुटामा लोड गरेको भरुवा बन्दुक बोकेर हिँडिरहेका एक युवा पक्राउ

धनकुटा । धनकुटामा लोड गरिएको भरुवा बन्दुक बोकेर हिँडिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का २३ वर्षीय विजय राई छन् । बुधबार अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी गस्ती टोलीले गस्तीका क्रममा राईलाई लोड गरिएको एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
तराईको तापक्रम ४२ डिग्री पुग्ने अनुमान, पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना

तराईको तापक्रम ४२ डिग्री पुग्ने अनुमान, पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना

विराटनगर । देशभर बिहीबारको मौसम फरक–फरक प्रकृतिको रहने भएको छ । पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहे पनि तराईका अधिकांश स्थानमा भने अत्यधिक गर्मी कायम रहने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै पहाडी भूभागमा वर्षा हुने सम्भावना छ । सुदूरपश्चिमदेखि पूर्वी पहाडसम्मका विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक...
लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट ११ जना पक्राउ

लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट ११ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा गाँजासहित ११ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको मेचीनगर नगरपालिका–१४ का आकाश चौधरीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यसैगरी प्रहरी चौकी टाघनडुब्बाको टोलीले दमक नगरपालिका–१० का सु...
error: Content is protected !!