मोरङमा ब्याट्री चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मोरङमा ब्याट्री चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मोरङ। मोरङको सुन्दरहरैचा नगरपलिका–४ बाँसबारीमा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका मोहन गुरुङको घरमा डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–१ का ४० वर्षीय प्रकाश थापा रहेका छन् । राति ११ बजे सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्...
माओवादीमा बहसः एकता कि विघटन ?

माओवादीमा बहसः एकता कि विघटन ?

काठमाडौं । ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन ।पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन ।हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि सोच्न सकिन्छ ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका जिल्ला इन्चार्जसहितका ने...
२०७४ साउन २३ गते सोमबारको राशिफल

२०७४ साउन २३ गते सोमबारको राशिफल

मेष– बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। वृष– आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । मिथुन– अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइद...
धनकुटामा कुकुर र विरालोको रोचक ‘फ्रेंडशिप डे’ (भिडियो)

धनकुटामा कुकुर र विरालोको रोचक ‘फ्रेंडशिप डे’ (भिडियो)

धनकुटा, २२ साउन । आईतबार मित्रता दिवस अर्थात ‘फ्रेंडशिप डे’ । धनकुटा–४ स्थित घलेगाउँमा आईतबार कुकुर बिरालोले रोचक तरिकाले ‘फ्रेंडशिप डे’ मनाएका छन । खगेन्द्र घिमिरेले कैद गर्नुभएको भिडियो हेर्नुहोस् ...
बन्द खुलेर गाडी गुड्न थालेपछि अरुण पूर्वको जनजीवन सामान्य बन्दै

बन्द खुलेर गाडी गुड्न थालेपछि अरुण पूर्वको जनजीवन सामान्य बन्दै

धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहन गरेको धनकुटासहित अरुण पूर्वका नौ जिल्लाको बन्द खुलेको छ । बन्द खुलेर गाडी गुड्न थालेपछि जनजीवन सामान्य बन्दै गएको छ । बिहान ५ बजेदेखी सुरु भएको बन्द अपरान्ह ५ बजेबाट खुल्ला गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका धनकुटा अध्यक्ष सविला मोक्तानले जानकारी दिए । बन्दले दिनभर जनजीवन प्रभावित भएको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारा...
धनकुटामा दिनभर यस्तो रह्यो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा दिनभर यस्तो रह्यो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा आईतबार दिनभर बन्दको प्रभाव यस्तो रह्यो, भिडियो हेर्नुहोस् ... धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहन गरेको बन्दका कारण आईतबार दिनभर धनकुटासहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आए...
देशभरका कारागारको अवस्था दर्दनाक

देशभरका कारागारको अवस्था दर्दनाक

काठमाडौं, २२ साउन। सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालिलाग्दो अवस्था दर्शाएको छ । प्रायः जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ । अधिकांश जेलमा घामसमेत नछिर्ने अँध्यारा कोठा छन् । सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिति छ । बन्दीका लागि शौचालय, औषधोपचार, बन्दीलाई दिइने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ । बन्...
सप्तरीमा प्रहरीलाई लक्षित गरी कुकर बम विस्फोट,  प्रहरीको गाडीमा क्षति

सप्तरीमा प्रहरीलाई लक्षित गरी कुकर बम विस्फोट,  प्रहरीको गाडीमा क्षति

सप्तरी, २२ साउन । सप्तरीको सुरूङ्गा–६ मा गएराति प्रहरीको गाडीलाई लक्षित गरी कुकर बम बिष्फोट गराईएको छ । अज्ञात समुहले भित्री सडक खण्डमा राति करिव १० बजे गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बम विस्फोट गराएको हो । सडकमा खाल्डो खनेर राखेको बम बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय कडोरवानाबाट निस्केको गस्ती टोलीको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेश ...
धनकुटासहित अरुण पूर्वका नौ जिल्ला बन्द

धनकुटासहित अरुण पूर्वका नौ जिल्ला बन्द

धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आईतबार धनकुटासहित अरुण पूर्वका नौ जिल्लामा बन्द आवहन गरेको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आएको छ । अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वयक्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने परिषद्को म...
२०७४ साउन २२ गते आइतबारको राशिफल

२०७४ साउन २२ गते आइतबारको राशिफल

मेष– बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। वृष– आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । मिथुन– अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष ...
को हुन् रेणु दाहाल ?

को हुन् रेणु दाहाल ?

विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेणु दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् । विक्रम सम्वत् २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन्। प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिल...
भरतपुर महानगरमा रेणु दाहाल विजयी

भरतपुर महानगरमा रेणु दाहाल विजयी

चितवन, २१ साउन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो । माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरिन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले...
कावेली बैंकले दियो धनकुटा अस्पताललाई टेलिभिजन

कावेली बैंकले दियो धनकुटा अस्पताललाई टेलिभिजन

धनकुटा, २१ साउन । कावेली विकास बैंकले जिल्ला अस्पताल धनकुटालाई एक थान टेलिभिजन प्रदान गरेको छ । धनकुटा सदरमुकाममा प्रधान कार्यालय रहेको उक्त बैंकले जिल्ला अस्पताललाई २८ हजार मुल्य बरावरको ३२ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठ र जनसम्पर्क बिभाग प्रमुख मोहन ढुंगेलले अस्पतालका प्रमुख डा.मदनकुमार उपाध्यायलाई टेलिभिजन सेट हस्तान्तरण गरेका ...
भरतपुरमा उल्टियो नतिजा, ज्ञवालीलाई उछिन्दै रेणुद्धारा ९९ मतको अग्रता

भरतपुरमा उल्टियो नतिजा, ज्ञवालीलाई उछिन्दै रेणुद्धारा ९९ मतको अग्रता

चितवन । भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्र उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीविरुद्ध ९९ मतले अग्रता लिएकी छन् । जारी मतगणनामा वडा नम्बर २० को मतगणना भइरहेको छ । दाहालले ४२७४४ मत पाएकी छन् भने ज्ञवालीले ४२६४५ मत पाएका छन् । यसअघि भएको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरको वडा नम्बर १९ मा हिजो पुन: मतदान भएको थियो । मतदान लगत्तै मतगणना सूचारु भएको हो ।
भरतपुर महानगरको मतगणना अन्तिम चरणमा, ज्ञवाली–दाहालको मतान्तर घट्दै

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा, ज्ञवाली–दाहालको मतान्तर घट्दै

चितवन । भरतपुर महानगरपालिकाको मत गन्न बाँकी रहेको अन्तिम वडाको पनि प्रारम्भिक परिणाम आउन सुरु भएको छ। वडा नं. २० को चार सयम मत गणना हुँदा काँग्रेस माओवादी केन्द्रको गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादी केन्द्रकी रेणु दहालले मतान्तर घटाएकी छन्। १२ सय मत गन्दा दाहाल एमालेबाट मेयर पदमा उम्मेद्वार रहेका देवि ज्ञवालीभन्दा ७६ मतले मात्रै पछाडी छन्।                 वडा नं. २० मा तीन हजार ३०२ ...
धनकुटाको फोक्लेण्डटापु टोलवस्तीमा नयाँ नेतृत्व, अध्यक्षमा कटेल निर्वाचित 

धनकुटाको फोक्लेण्डटापु टोलवस्तीमा नयाँ नेतृत्व, अध्यक्षमा कटेल निर्वाचित 

धनकुटा, २१ साउन । धनकुटा नगरपालिका–६ स्थित फोक्लेण्डटापु टोलबस्ती संगठनको भेलाले भेषराज कटेलको अध्यक्षतामा १३ सदस्यीय टोलबस्ती संगठन निर्माण गरेको छ । टोल बस्ती संगठनको उपाध्यक्षमा पञ्चमाया लिम्बु, सचिवमा सन्तवीर लामा, सहसचिवमा गौमान राई र कोषाध्यक्षमा सकुन्तला लिम्बु चयन भएका छन । त्यस्तैगरी सदस्यहरुमा कुमारी लिम्बु, सतन राई, स्यामकुमारी राई, इन्द्रमाया लिम्बु, काजी राई, सेरबहादुर भण्डारी...
२०७४ साउन २१ गते शनिबारको राशिफल

२०७४ साउन २१ गते शनिबारको राशिफल

मेष– उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ। वृष– बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्। मिथुन– जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ। कर्कट– रोकिएका काम बन्न थाल्नेछन्।  परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति ...
डोटीमा जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

डोटीमा जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

डोटी, २१ साउन । डोटीको बोगटान गाउँपालिका–६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन । दिपायलदेखि चमरचौतारा जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप राति करिव ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी डोटीको वोक्ताङ गाउँपालिका–१ बस्ने ३५ बर्षीय बिष्णु बहादुर मगर, ५० बर्षीया बुढो घर्तीमगर, ४५ बर्षीय गोरख थापा, ४५ बर्षीया ललितादेवी पुनमग...
२०७४ साउन २१ देखि २७ गतेसम्मको साप्ताहिक राशिफल

२०७४ साउन २१ देखि २७ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि– चु. चे. चो. ला. लि. लु. ले. लो. अ. यो हप्ता तपाँईंको आत्मबलकै भरमा अपत्यारिला काम पनि सम्पन्न होलान् । तपाईले सोचे अनुरुप कामहरु बन्दै जाने छन तर प्रयास भने जारी राख्नु होला । पशुपंक्षीको व्यवसायमा पनि राम्रो समय छ । साताको अन्त्यमा शत्रुपक्षबाट बाधा उत्पन्न हुने समय छ, सावधान रहनु होला । सानातिना काममा पनि बढी समय लाग्न सक्छ । मनलाइ शान्त बनाएर काम गर्दा राम्रो होला । पछिका लागि काम ...
धनकुटाको बोधेमा ट्याक्टर पल्टिदा चालकसहित चार घाइते

धनकुटाको बोधेमा ट्याक्टर पल्टिदा चालकसहित चार घाइते

धनकुटा, २० साउन । धनकुटाको चौबिसे गाउँपालिका–५ चौवाटेमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन । साविकको बोधे गाबिस–३ बाट बोधे–८ स्थित रम्देल गाउँतर्फ सल्लाको काठ लिएर जाँदै गरेको को १ त ६२२६ नम्बरको ट्याक्टर साँझ करिव ६ बजे चौवाटे भन्ने स्थानमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा परी चालक चौबिसे–५ का २० बर्षीय दिपेश बस्नेत, सोही स्...
सौर्य ऊर्जाबाट उत्पादित बिधुतमा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

सौर्य ऊर्जाबाट उत्पादित बिधुतमा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

ललितपुर। नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात् भएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री श्रीमती मिथिला चौधरीले आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्...
काठसहित दुई व्यक्ति पक्राउ

काठसहित दुई व्यक्ति पक्राउ

रसुवा। चिलिमेको सिम्बु क्षेत्रबाट स्याफ्रुतर्फ ल्याउँदै गरेको सल्लाको काठसहित दुईजना पक्राउ गरिएको छ । जिल्ला वन कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर विनिता सुवेदीका अनुसार बरामद गरिएको काठको परिमाण २५५ थान चिरुवा रहेको कुन प्रयोजनको लागि ल्याइएको हो थप अनुसन्धान भइरहेको छ । काठ ल्याउँदै गर्दा नेपाल प्रहरीको सहयोगमा थाम्बुचेत इलाका वन कार्यालयले काठ बरामद गरी दुई व्यक्तिलाई नियन्त्रणमा लिएको सुव...
पहिरोका कारण दर्जनभन्दा बढी गाउँ जोखिममा

पहिरोका कारण दर्जनभन्दा बढी गाउँ जोखिममा

तेह्रथुम।  वर्षाका कारण भिरालो जमिन भएको पहाडी जिल्ला तेह्रथुमका अधिकांश गाउँ पहिरोको जोखिममा परेका छन् । पछिल्ला वर्षहरुमा अनियन्त्रितरुपमा भइरहेको सडक निर्माणका कारण जिल्लाका दर्जनभन्दा बढी गाउँमा पहिरोको खतरा बढेको हो । बुधबार राति परेको भारी वर्षाका कारण पहिरो खस्दा दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । बिहीबार राति पनि जिल्लामा भारी वर्षा भएको छ । पहिरोले घर जोखिममा पारेपछि म्याङ्लुङ ...
इलाममा प्राङगारिक मल बनाउने मेसिनको परीक्षण

इलाममा प्राङगारिक मल बनाउने मेसिनको परीक्षण

इलाम। फोहोरमैला प्रशोधन गरी प्राङगारिक मल बनाउने मेसिनको परीक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको सफल परीक्षण गरी फोहोरमैला प्रशोधनको तयारी थालेको छ । विनरक इन्टरनेसनलका दावा तेञ्जी योल्मूले प्राङ्गारिक मल प्रशोधन गर्न मेसिन जडान गरिएको बताउनुभयो । उक्त मेसिनमा दैनिक सात सयदेखि आठसय किलोसम्म फोहोर पेल्न सकि...
मालपोत कार्यालय भद्रपुर झापा : राजश्व दोब्बर वृद्धि

मालपोत कार्यालय भद्रपुर झापा : राजश्व दोब्बर वृद्धि

भद्रपुर।  मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा रु १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ४६ लाख ४१ हजार संकलन गरेको लेखा शाखाका कर्मचारी प्रकाश सिटौलाले जानकारी दिनुभयो । राजिष्ट्रेशन दस्तुर रु ३१ करोड ८८ लाख एक हजार, रोक्का दस्तुर रु १७ लाख ३५ हजार, कर्जा लिखितमा रु चार करोड ४४ लाख ३० हजार, नामस...
नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता

नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता

नवलपरासी। नहरमा डुबेर आज नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएको प्रहरीको अनुमान छ । पहिला बालिका नहरमा...
सुनको भाउ बढ्यो,यति छ आज

सुनको भाउ बढ्यो,यति छ आज

काठमाडौं ।आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ । हिजो मात्रै तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्यमा आज दुई सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य तोलामा ५४ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो सुन ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँ...
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

भक्तपुर ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । ...
घरेलु तथा साना उद्योग काभ्रेका दुई कर्मचारी घुससहित पक्राउ

घरेलु तथा साना उद्योग काभ्रेका दुई कर्मचारी घुससहित पक्राउ

काभ्रे । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेकादुई कर्मचारीहरु घुस सहित पक्राउ परेका छन् । कार्यलयका सेवाग्राहीसँग १४ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा जिल्ला घरेलु कार्यलयका कार्यलय सहयाक हरि सुवेदी र माधव कुईकेल पक्राउ परेका हुन् । विहिवार दिउसो भुम्लु गाउपालिका ९ मा संचालन गर्नका लागि दर्ता गर्न लागिएको नारी समूह पोल्ट्री फार्म दर्ताका लागि थप १४ हजार रकम माग गरी घुस लिन लाग्दा अख्तियार ...
दोस्रो सातामा ‘प्रेम गीत २’, अबको स्पर्धा ‘जब ह्यारी मेट सेजल’ सँग

दोस्रो सातामा ‘प्रेम गीत २’, अबको स्पर्धा ‘जब ह्यारी मेट सेजल’ सँग

काठमाडौं। प्रेमकथामा बनेको चलचित्र ‘प्रेमगीत २’ दोस्रो सातामा प्रदर्शन गर्न सफल भएको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो । पछिल्लो समय प्रदर्शनको पहिलो सातामै चलचित्र हलबाट उत्रिने गरेको  यथार्थ चिर्दै यो चलचित्र अर्काे सातामा पनि प्रवेश गरेको हो । चलचित्र अझ केही साता प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए । रिलिज...
नदीमा बगेका वृद्ध मृतावस्थामा फेला

नदीमा बगेका वृद्ध मृतावस्थामा फेला

कञ्चनपुर। बाढी आएको चौधर नदी तर्ने क्रममा बगेर बेपत्ता भएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुरका अन्दाजी ७२ वर्षीय साधुराम खुनाको शव आज बिहान फेला परेको छ । बिहीबार साँझ घरतर्फ जानका लागि नदी तर्ने क्रममा खुना बगेर बेपत्ता भएका थिए । खोजतलासमा जुटेको प्रहरी चौकी सिसैयाका प्रहरी हबल्दार दलसिं बोहराको टोलीले आज बिहान ६ बजे बगेको स्थानभन्दा २०० मिटर पर बगरमा खुनालाई मृतावस्थामा फेला पारेको छ । उ...
error: Content is protected !!