- रबिन कटेल/संगालोखबर

धनकुटा, १६ कात्तिक । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा ११ दलका २१ जनाले आज उम्मेद्वार मनोनयनपत्र दर्ता गराएका छन ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र तोकिएको धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जनाले उम्मेद्वारी दिएका छन ।

Advertisement
बाम र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु ।

त्यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा ८ जना र २ मा ६ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन ।

उनका अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राईले उम्मेद्वारी दिएका छन ।

बाम गठबन्धनका राई प्रतिनिधिसभाको उम्मेद्वार मनोनयनपत्र दर्ता गर्दै । तस्वीर : संगालोखबर

त्यस्तै कांग्रेस, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरम सम्मिलित लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं उद्योग मन्त्री सुनिलबहादुर थापाले उम्मेद्वारी दर्ता गराएका छन ।

त्यस्तै मंगोल नेशनल अर्गनाईजेशनका श्याम मान राई, एकीकृत राप्रपा राष्ट्रवादीका सुभान सिं राई, राष्ट्रिय जनमुक्तीका इन्द्रबहादुर रसाईली, नेपाल मजदुर किसान पार्टीका माधब प्रसाद पोख्रेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रसिं लिम्बु (नेम्वाङ) ले उम्मेद्वारी दिएका छन ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेद्वारी दर्ता गरेर निश्कदै थापा । तस्वीर : संगालोखबर

यता प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट एमालेका उप–सचिव निरन राई र लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका पूर्व जिल्ला सभापति मनोहर नारायण श्रेष्ठले उम्मेद्वारी दिएका छन ।

त्यस्तैगरी १ नम्बर क्षेत्रका लागि राप्रपा राष्ट्रवादीका ज्ञानबहादुर बिष्ट, राजपाका खगेन्द्र प्रसाद राई, जन प्रजातान्त्रिकका सोमबहादुर राई, नेमकिपाका जीबन पोख्रेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका क्षेत्रबहादुर लिम्बु र राप्रपाका चक्रबहादुर बुढाथोकीले उम्मेद्वारी मनोनयनपत्र दर्ता गराएका छन ।

उम्मेद्वारी मनोनयन दर्तापछि सामुहिक तस्वीर खिचाउँदै बाम गठबन्धनका उम्मेद्वार र नेताहरु । तस्वीर : संगालोखबर

प्रदेश सभाका लागि क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तर्फबाट एमाले प्रदेश संगठन कमिटि सल्लाहकार परिषद सदस्य ईन्द्रमणी पराजुली र लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादीका केन्द्रिय सदस्य अर्जुन थापाले उम्मेद्वारी दिएका छन ।

त्यस्तै एकीकृत राप्रपाका दाजङ्बो शेर्पा, नेमकिपाका दुर्गमान थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली र नेपाली कांग्रेस (वी.पी) का विकास तामाङले मनोनयनपत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनकुटामा यस्तो देखियो उम्मेदवार मनोनयन दर्ताको रौनक (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!