बनेपा, १६ कात्तिक । गुन्डा नाइके गणेश लामा नेपाली काँग्रेसको तर्फबाट काभ्रेमा उम्मेदवार बनेका छन्। काभ्रे- १ (ख)  प्रदेश सभा सदस्यको लागि काँग्रेसको तर्फबाट उनी उम्मेदवार बनेका हुन्। बिहीबार निर्वाचन कार्यालयमा काँग्रेसका अरु नेताहरुसँगै आएर उनले उम्मेदवारी दर्ता गराए।

गुन्डा नाइके लामासँगै काभ्रे १ का प्रतिनिधि सभा १ तर्फ तीर्थ लामा तथा २ का उम्मेदवार मधु आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराउन आएका गुन्डा नाइके लामाले आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षाका लागि भएको दाबी गरे। ‘लोकतन्त्रको रक्षाको लागि मैले उम्मेदवारी दिएको हुँ’, सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने। उनले अाफूलाई मिडियाले गुन्डा नाइकेको रुपमा स्थापित गरिदिए पनि अाफू त्यस्तो नभएको दाबी गरे।

काभ्रे १ (क) मा काँग्रेसले सिबी लामालाई प्रदेश सभा उम्मेदवार बनाएको छ भने ख का लागि डन गणेश लामालाई अघि सारेको हो।

गुन्डागर्दी र दुई नम्बरी कामबाट अकुत पैसा कमाएका लामा अन्य डनहरुलाई प्रहरीले इन्काउन्टरमा मार्न थालेपछि संरक्षणको खोजीमा विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम प्रवेश गरेका थिए।

केही अघि गच्छदारको पार्टी काँग्रेससँग एकीकरण भएको थियो। लामालाई टिकट प्रदान गर्ने पार्टीको आधिकारिक कागजातमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन्।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!