तनहुँ, १६ कात्तिक । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट पाउनुपर्ने दावी गर्दै आएका थिए । तर, कांग्रेसले नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

 बिहीबार जोशी कांग्रेसको चारतारे झण्डासहित जुलुस लिएर उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यलय पुगेका थिए । जोशीको समर्थनमा भानु नगरपालिकाका मेयर समेत रहेका कांग्रेस क्षेत्रीय सभापति उदयराज गौली लगायतका कार्यकर्ता पनि जोशीको उम्मेदवारी दर्ता गर्न गएका थिए   ।

यसैवीच जोशीले आफु नै कांग्रेसको आधिकारिक उम्मेदवार भएको प्रतिकृया दिएका छन् । उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिकृया दिदै उनले भने ‘ यो क्षेत्रका मतदाताले मलाई नै उठाए अव म नै आधिकारिक उम्मेदवार हुँ ।’-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!