ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला ।

वृष– दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।

Advertisement

मिथुन– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

कर्कट– नयाँ काममा हात हाल्ने समय छ, यात्राको अवसर पनि मिल्न सक्छ, धनको लाभ पनि होला ।

सिंह– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ ।

कन्या– रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ ।

तुला– कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ ।

वृश्चिक– पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।

धनु– सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला ।

मकर– नयाँ काममा हात हाल्ने समय छ साथै धार्मिक र सामाजिक काममा समय बित्नेछ ।

कुम्भ– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।

मीन– सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!