धनकुटामा युवाहरुवीच विवादका क्रममा खुकुरी प्रहार, चारजना घाईते
धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका–८ टेकुनालामा बिधुतको पोल लैजाने बिषयमा उत्पन्न विवाद पश्चात गएराति भएको झगडामा खुकुरी प्रहारबाट चारजना घाईते भएका छन ।
घाईते हुँनेमा स्थानीय युवा धनकुमार राई, असोक राई, पुरन राई र सुरवीन राई रहेको प्रहरीले जनाएको छ । घाईते तीन जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
घाईते धनकुमारलाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जि...


















