नेपालको इम्बोस्ड नम्बर शुल्क बिहारभन्दा १२ गुणा महँगो
काठमाडौं । सरकारले ५ भदौदेखि नेपालमै पहिलोपटक इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा ल्याइसकेको छ । तर, सरकारले निर्धारण गरेको इम्बोस्ड नम्बर जडान शुल्क भने छिमेकी भारतको तुलनामा १२ गुणा महँगो पाइएको छ ।
नेपाल सरकारले दुईपांग्रे सवारीसाधनमा २ हजार ५ सय रुपैयाँ, तीनपांग्रेको २ हजार ९ सय रुपैयाँ, हलुका सवारीसाधनको ३ हजार २ सय रुपैयाँ र ठूला सवारीसाधनको ३ हजार ६ सय रुपैयाँ तोकेको छ ।
तर, नेपालभन्दा पा...
























