काङ्ग्रेसलाई उपेन्द्र यादवको सुझाव : ‘बुद्धि पुर्याएर आए, अझै तालमेल गर्न तयार छौँ’
काठमाडौँ, १ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि काङ्ग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए ।
रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा अध्यक्ष यादवले मधेशमा राजपा–फोरमसँग तालमेल गर्ने हो भने काङ्ग्रेसलाई...



























