काठमाडौं, १० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाअन्र्तगत पहिलो चरणको निर्वाचनका दिन गोरखा, बाग्लुङ, रोल्पा, बझाङ लगायतका जिल्लामा बम विस्फोट भएका छन् ।

सरकारले निर्वाचनका लागि उच्च सुरक्षा व्यवस्था मिलाएको दावी गरेपनि सुरक्षा संयन्त्रको आँखा छल्दै ति स्थानमा बम विष्फोटका घटना भएका हुन् ।

Advertisement

निर्वाचन सम्पन्न गर्न ६४ हजार नेपाली सेना, ६८ हजार नेपाल प्रहरी, ४२ हजार शसस्त्र प्रहरी,९८ हजार म्यादी प्रहरी र २ लाख १५ हजार कर्मचारी परिचालन भएका छन् । त्यस्तै सरकारले सुरक्षाकर्मीको टोली १० देखि ३० मिनेटमा जुनसुकै स्थानमा पुग्नेगरी निर्वाचन सुरक्षा प्रवन्ध मिलाएको जनाएको छ ।

तर, आज बिहानैबाट भएका विष्फोटका घटनाले सरकारी सुरक्षालाई चुनौती दिएको छ ।

आइतबार १० बजेभित्र बम विष्फोटका घटना
– पश्चिम बागलुङमा प्रेसर कुकर र सुतलि बम फेला परेको छ । सो बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

–रोल्पाको पश्चिममा पर्ने सुकीदहगाउँपालिका वडा नम्बर ४ पाखापानीमा मतदान सुरु हुनुपूर्व तीन बम विस्फोट भएका छन् । ति बम विस्फोट मतदान केन्द्रबाट २ किलोमिटरको दुरीसम्म भएको थियो ।

–गोरखामा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा रहेको कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रनजिकै बम विस्फोट भएको हो ।

–बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थल नजिकै बम फेला परेको छ ।  जयपृथ्वी नगरपालिका भोपुर मतदान केन्द्र र नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी क्रृषिराम कडेलले बताए । सो बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेका छ ।

आइतबार बिहानै मतदान स्थल नजिकै बम फेला परेपछि स्थानिय मतदाताहरुमा त्रास छाएको छ । बम नेकपा माओवादी बिब्लब समुहले राखेको हुनसक्ने अनुमान गरिएको छ । जिल्लामा आज बिहानबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!