चिसो थेग्न नसकेपछि उपल्लो मुस्ताङवासी भोट हाल्ने दिन कुर्दै डोल्पाको छिमेकी गाउँमा बसेका छन् ।

Advertisement

कर्णालीका ३ सय ७७ मतदान केन्द्रमध्ये कालिकोटबाहेक ३० केन्द्रमा हिउँँ जमेको छ ।

मनाङ, मुस्ताङ र गोरखाका हिमाली क्षेत्र अधिकांशमा तापक्रम शून्य डिग्री झरेको छ । हिमाली मतदाताले आइतबार हिउँँले पुरिएको बाटो छिचोल्दै मतदान गर्दैछन् ।

प्रदेश ६ को कर्णाली क्षेत्रका उच्च हिमाली भेगमा केही दिनअघि हिउँ पर्‍यो ।

हिमपात रोकिए पनि गाउँबस्ती र पाखा अझै सेताम्मे छन् । मतदान केन्द्र पुग्ने गोरेटोमा हिउँ पग्लिसकेको छैन । जुम्लाका ६० वटै केन्द्रमा तापक्रम शून्य डिग्रीमा झरिसकेको छ ।

‘मतदान केन्द्र वरपर हिउँ जमेको छ, तर थप हिमपात नभए चुनाव प्रभावित नहुने गरी सम्पूर्ण तयारी मिलाइएको छ,’ प्रदेश ६ को निर्वाचन समन्वय गरिरहेको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयकी सूचना अधिकारी शोभा अधिकारीले भनिन्, ‘चिसोले जनजीवन कष्टकर भए पनि मतदाता परिचयपत्र उत्साहजनक रूपमा वितरण भएको छ ।’ निर्वाचनप्रति स्थानीयको धेरै चासो देखिएको उनले बताइन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!