तनहुँ, ९ मंसिर । पोखराबाट वीरगञ्ज तर्फ जाँदै गरेको बस शुक्रबार राति तनहुँको म्याग्दे ६ अकलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु गम्भीर घाइते भएका छन् ।

Advertisement

 दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा मणिपुर-६ का डा. रघुबंश त्रिपाठी रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । डा. त्रिपाठी पोखरा स्थित गण्डकी मेडिकल कलेजमा कार्यरत थिए ।

बस दुर्घटनामा अरू  ४ जना यात्रु गम्भीर घाइते भएको इलाका प्रहरी निरक्षक राजेन्द्र अधिकारीले बताए । उनीहरुको पोखराका अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

पोखराबाट विरगञ्ज तर्फ जाँदै गरेको ना ४ ख ६५०० नम्बरको यात्रुबाहक बस गएराति अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएका छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!