सरकारलाई कमल थापासहित १९ साँसदको समर्थन
काठमाडौ,२३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित १९ जना साँसदले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन जनाएको छ ।
अध्यक्ष थापासहित १९ जना साँसदले सोमबार संसद सचिवालयमा सरकारलाई समर्थन जनाएको पत्र दर्ता गराएका हुन ।‘मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी चुनाव सुनिश्चित गर्न राप्रपाले बर्तमान सरकारलाई समर्थन...

















