मोरङ, १६ मंसिर । उर्लाबारी–७ स्थित उर्लाबारी–इटहरा भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको शुक्रबार साँझ मृत्यु भएको छ ।
इटहराबाट उर्लाबारी आउँदै गरेको वान टेस्ट स्कुटरले पैदलयात्री उर्लाबारी–७ बस्ने ५४ वर्षीय ध्रुव सिलवाललाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकाले न्यूरो उपचार विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।
ठक्कर दिने स्कुटर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।