काठमाडौँ, १७ मंसिर । रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा लक्षित गरि राखिएको बम सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
गतराति प्रधानको घर छेउमा राखिएको पे्रसरकुकर बम तत्काल निश्कृय पारेको सैनिक प्रवक्ता नवराज दाहालले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार बम विस्फोट हुन नपाउँदा कुनै क्षती हुन पाएन ।
प्रवक्ता दाहालका अनुसार रक्षामन्त्री प्रधानको घर छेवैमा प्रेसरकुकर बम र लुगाको पोको भेटिएको थियो ।