काठमाडौं, १७ मंसिर । मतदाता शिक्षा कार्यक्रमका नाममा निर्वाचन आयोगले खुलेआम सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा प्रचार गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले) ले आपत्ति जनाएको छ।

Advertisement

अभिनेता राजेश हमालद्वारा सञ्चालित इलेक्सन क्विज कार्यक्रममार्फत् सत्तारुढ दलका उम्मेदवारहरुको पक्षमा प्रचार गरिएको आरोप लगाउँदै एमालेले यस्तो कार्यमा संलग्न निर्वाचन आयुक्तमाथि कार्वाहीको माग गरेको हो।

आयोगद्वारा सञ्चालित मतदाता शिक्षा अन्तर्गत राजेश हमालद्वारा सञ्चालित इलेक्सन क्विज कार्यक्रम विभिन्न १० वटा टेलिभिजनबाट प्रशारित भइरहेको छ।

त्यसमा अभिनेता राजेश हमालले  ‘गगन थापा र विश्वप्रकाश शर्मा कुन कुन क्षेत्रमा उम्मेदवार हुन्’ भनी प्रश्न गरेका छन्। यसप्रति आपति जनाउँदै मतदाता शिक्षा कार्यक्रमको जिम्मेवारी पाएका आयुक्तमाथि एमालेले कार्वाहीको माग गरेको हो।

‘निर्वाचन आयोगद्वारा विभिन्न १० टिभि स्टेशनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘२ उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखिएको छ’ एमाले निर्वाचन परिचालन कमिटीका प्रबक्ता बिष्णु रिमालले आइतबार विहान प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टी सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारको रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ।’

स्रोतका अनुसार, निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमको जिम्मेवारी निर्वाचन आयोगले आयुक्त इला शर्मालाई दिएको छ। शर्मा नेपाली कांग्रेसको कोटाबाट निर्वाचन आयुक्त बनेकी हुन्।

शर्माको नाम उल्लेख नगरी रिमालले भनेका छन्, ‘यदि त्यो प्रचार सामग्री निर्वाचन आयोगको जानकारी बेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रुपमा क्षमायाचना गर्न र निज आयुक्तलाई तत्काल कारवाहीको लागि माग गर्दछ।’

यस विषयमा निर्वाचन आयोगले मौनता साँधे वा संलग्न आयुक्तमाथि तत्काल कार्वाही नगरिए त्यसलाई संस्थागत धाँधलीको रुपमा लिइने चेतावनीपनि एमालेले दिएको छ। रिमालद्वारा जारी विज्ञप्तीमा थप भनिएको छ, ‘यस विषयमा हुने आयोगको मौनता वा निर्णयको ढिलाईलाई संस्थागत धाँधलीको प्रक्रियामा निर्वाचन आयोग संलग्न रहेको निष्कर्षमा पुग्न हाम्रो पार्टी बाध्य हुनेसमेत स्पष्ट पार्दछ।’-नेपालखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!