- संगालोखबर सम्वाददाता

धनकुटा, १६ मंसिर । नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन जिल्लाका बाम उम्मेदवारहरुले उठाएको एजेण्डालाई एमाले केन्द्रले समर्थन गरेको बताएका छन ।

धनकुटामा आज संगालोखबरको लाईभ कार्यक्रम ‘संगालो संवाद’ मा बोल्दै सचिव भट्टराईले धनकुटालाई राजधानी बनाउँने एजेण्डालाई एमाले केन्द्रले सकारात्मक रुपमा लिएर समर्थन गरेको बताएका हुन ।

Advertisement

धनकुटाबासीले १ नम्बर प्रदेशको राजधानी दावी गर्नु स्वभाविक रहेको टिप्पणी गर्दै नेता भट्टराईले एमाले केन्द्रले धनकुटालाई यो बिषयमा समर्थन गर्ने उल्लेख गरे ।

संगालोखबरको लाईभ कार्यक्रम ‘संगालो संवाद’ मा बोल्दै एमाले नेता योगेश भट्टराई ।

‘धनकुटालाई राजधानी बनाउँन राजेन्द्र राई लगायत बाम उम्मेदवारले उठाउँनुभएको एजेण्डामा एमाले केन्द्रको समर्थन छ ।’ एमाले सचिव भट्टराईले भने ‘धनकुटा राजधानीका लागि उपयुक्त छ, एमाले केन्द्रले यो एजेण्डालाई सकारात्मक रुपमा लिएको छ ।’

प्रादेशिक राजधानीका लागि हावापानी, मौसम लगायत कारणले पनि धनकुटा उपयुक्त रहेको नेता भट्टराईको भनाई छ । ‘धनकुटालाई प्रशासनीक केन्द्रको रुपमा बिकास गर्न सकिन्छ ।’ उनले भने ‘१ नम्बर प्रदेशको राजधानी दावी गर्दै आएको विराटनगर, ईटहरी, धरान र झापाको तुलनामा धनकुटालाई हाम्रो ज्यादा सहानुभुती रहन्छ ।’

प्रादेशिक राजधानी प्रदेशसभाले तोक्ने भएकाले एमालेले अहिलेनै यो ठाउँमा राजधानी बनाउँनुपर्छ भनेर किटान भने नगर्ने उनले बताए ।

भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!