बारा, १६ मंसिर । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक दम्पतीको हत्या भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीका दीपक सुवेदी र उनकी पत्नी दीपा सुवेदीको हत्या भएको हो।

दीपकको शव घरनजिकै बारीमा परालले छोपिएको अवस्थामा र दीपाको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

सुवेदी दम्पती गाई फर्म सञ्चालन गर्दै आएका थिए। एक सन्तानका आमा–बुबा उनीहरुको हत्या नियोजित ढंगले हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धानका लागि अपराध अनुसन्धान माहाशाखा र सीआईबीको टोली मगाइएको प्रहरी उपरीक्षक बैदवारले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!