काठमाडौं, १६ मंसिर । महानगरीय प्रहरी बिट रानीबारीले १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा ६४ प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो ।

Advertisement

अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।

वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने ठूलो परिणाममा रकम फेला पारिएको बताए ।

उनका अनुसार के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!