युवकको लाश फेला

युवकको लाश फेला

गौशाला, २० कात्तिक । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका– ७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादवको हत्या भएकोे अवस्थामा फेला पारिएको छ । यही कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलाश गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका– ११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बता...
नेपाल एयरलाइन्सको विमान दुर्घटना

नेपाल एयरलाइन्सको विमान दुर्घटना

काठमाण्डौ, २० कात्तिक । भैरहवाको गौतम वुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । उडानको क्रममा धावन मार्गमा जहाजको पांग्रा पन्चर हुँदा जहाज दुर्घटनाग्रस्त भएको हो । आर ए नाइन एन ए के एस नम्बरको जहाज भैरहवाबाट यात्रु लिएर करिब साढे १२ बजे राजधानी जाँदै थियो । दुर्घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । धावनमार्गमा रोकिएको जहाज हटाउने क्रममा रहेकाले अहिले विमानस्थल बन...
भेटिए नयाँ २० ग्रह, जहाँ सम्भव हुनसक्छ मावन जीवन

भेटिए नयाँ २० ग्रह, जहाँ सम्भव हुनसक्छ मावन जीवन

वासिङटन, २० कात्तिक । ब्रम्हाण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरुले जीवन सम्भव हुनसक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरुमा जीवन सम्भव रहेको हुनसक्ने पाइएको हो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरुमा एलियनहरु पनि रहेको हुनसक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरु ...
वामगठबन्धनसँग भट्टराईले मागे २८, कांग्रेसबाट पाए एक सिट

वामगठबन्धनसँग भट्टराईले मागे २८, कांग्रेसबाट पाए एक सिट

लोकतान्त्रिक गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले चुनावी तालमेलमा पञ्चायती पृष्ठभूमिका राप्रपा र राप्रपा (प्रजातान्त्रिक) लाई जत्तिपनि महत्व नदिएको देखिएको छ। वामगठबन्धनसँग प्रत्यक्षतर्फ प्रतिनिधि सभामा २८ सिट माग गरेका भट्टराई कांग्रेससँगको तालमेलमा भने एक सिटमा चित्त बुझाउन बाध्य भएका छन्। प्रतिनिधि सभामा दुवै राप्रपालाई ८ स्थानमा सहयोग गरेको नेपाली कांग्रेसले नयाँशक्तिका संयोजक भट्टराईल...
दुम्सी मार्न थापेको धरापमा परिन् महिला

दुम्सी मार्न थापेको धरापमा परिन् महिला

पाल्पा, २० कात्तिक । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् । मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो । चिनाको पाल्पामा उपचार हुने सम्भावना नदेखिएपछि काठमाडौँको बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको छ । स्थानीय बासिन्दा तुलबहादुर बु...
राजधानीका पुलिस : पार्टी प्यालेसमा अनुसन्धान, टेन्टमा बास

राजधानीका पुलिस : पार्टी प्यालेसमा अनुसन्धान, टेन्टमा बास

काठमाडौँ, २० कात्तिक । २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण भीमसेन थापाको नासो धरहरा मात्रै ढलेन, ‘हनुमानढोका प्रहरी’को निकै पुरानो जग बस्नै नमिल्ने गरी हल्लियो । आफ्नो पुरानो थातथलोको जग हल्लिएसँगै अस्थायी बास खोज्दै टेकु पुगेको काठमाडौँ प्रहरी र अपराध महाशाखा अहिले पनि टेन्टमा बसेर काठमाडौँका महलवालाहरूको सुरक्षा गरिरहेको छ । साढे दुई वर्षदेखि असार साउनको वर्षात र पुस–माघको ठण्डी झेल्दै काठमा...
पूर्वराष्ट्रपतिको घरभाडा विवादबारे बोल्यो शीतलनिवास

पूर्वराष्ट्रपतिको घरभाडा विवादबारे बोल्यो शीतलनिवास

काठमाडौं, २० कात्तिक । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई बस्दै आएको घर छोड्न घर मालिककले १५ दिने सूचना जारी गरेपछि राष्ट्रपतिको कार्यालयले मुख खोलेको छ । राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेलले पूर्व राष्ट्रपति यादवलाई सरकारले दिँदै आएको सेवा सुविधामा कुनै कमी नगरेको भन्दै पूर्व राष्ट्रपतिका सेवा सुबिधाबारे नेपाल सरकारको मन्त्रिपरिषदको २०७३ माघ २० गतेको बैठकले केही परिवर्तन गरेको र त्यहि...
विराटनगरलाई प्रादेशिक राजधानी बनाइने– नेता आचार्य

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने– नेता आचार्य

विराटनगर, २० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको स्...
साउदीमा  हेलिकप्टर दुर्घटना-राजकुमारको मृत्यु

साउदीमा हेलिकप्टर दुर्घटना-राजकुमारको मृत्यु

रियाद, २० कात्तिक । साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ । राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् । हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् । हेलिकप...
सिन्धुलीमा भएको जीप दुर्घटनामा ४ को मृत्यु

सिन्धुलीमा भएको जीप दुर्घटनामा ४ को मृत्यु

सिन्धुली, २० कात्तिक । सिन्धुलीमा  गएराती भएको  जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका ४ मा बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीका अनुसार मृत्यु हुनेमा फिक्कल ४ का  ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखी रहेका छन...
कांग्रेस र माओवादी समर्थकबीच खुकुरी हानाहान

कांग्रेस र माओवादी समर्थकबीच खुकुरी हानाहान

काठमाडाैं, २० कात्तिक । भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ । कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सदर...
संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिदै

संरक्षण गरिएका गिद्ध प्रकृतिमा छाडिदै

चितवन, २० कात्तिक । गत वैशाख २ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासीको जटायु रेस्टुराँमा लगेर प्रकृतिमा छोड्नका लागि खोरमा राखिएका छ वटा गिद्धलाई यही कात्तिक २३ गते प्रकृतिमा छाडिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार, वन विभागका सचिव डा युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्कालगायतको उपस्थितिमा गिद्ध छाडिनेछ । छाड्नुअघि ती गिद्ध...
अमेरिकाको टेक्सासमा बन्दुकधारीको जथाभावी गाेली प्रहारबाट २६ को मृत्यु

अमेरिकाको टेक्सासमा बन्दुकधारीको जथाभावी गाेली प्रहारबाट २६ को मृत्यु

अमेरिका, २० कात्तिक । अमेरिकाको टेक्सास राज्यस्थित सन्डरल्याण्ड स्प्रिंग्सको विल्सन काउन्टीमा रहेको फस्ट बापिष्ट चर्चमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । चर्चमा आइतबारको प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएका थिए । बीबीसीका अनुसार कालो कपडा लगाएका करिब २६ वर्षको गोरा युवकले बिहान साढे ११ बजे चर्चभित्र प्रवेश गरेर गोली चलाएका ...
निःशुल्क औषधिको संख्या ८० पुग्यो, मानसिक र नसर्ने रोगको औषधि सित्तैमा

निःशुल्क औषधिको संख्या ८० पुग्यो, मानसिक र नसर्ने रोगको औषधि सित्तैमा

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क पाइन्थ्यो । यो खबर अर्जुन अधिकारीले आजको नयाँ पत्रिकामा लेखेका छन्। स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्र डोटेलले मानसिक र नसर्ने रोगका औषधिको मात्रा थप गरिएको जानकारी दिए । उनका अनुसार अब मानसिक रो...
तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २० कात्तिक । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ । साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेको थियो भने ठूलो जनधनको क्षति भएको थियो । त्यसको तीन महिनापछि सोमबार बसेको मन्त्रिपर...
एनअारएनए नर्वेद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग

एनअारएनए नर्वेद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग

नर्वे, २० कात्तिक । गैरआवासीय नेपाली संघ (एनअारएनए) नर्वेले  एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनलार्इ सहयोग गरेको छ । कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ एनअारएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् । उक्त रकम रौ...
पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न यस्तो अल्टिमेटम

पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न यस्तो अल्टिमेटम

काठमाडौं, २० कात्तिक । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई घरभाडा नतिरेको भन्दै १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गरेका छन् । पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्वराष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका छन् । विष्टले सूचनामा १५ दिनभित्र घर नछाडे कानुन बमोजिम अघि बढ्न...
सोलुखुम्बुमा भिरबाट लडेर महिलाको मृत्यु

सोलुखुम्बुमा भिरबाट लडेर महिलाको मृत्यु

सोलुखुम्बु, २० कात्तिक । सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-९ बस्ने ४५ बर्षिया सुक्रिमाया तामाङको आइतबार भिरबाट लडेर ज्यान गएको छ। घर लिप्ने माटो बोक्न भनी गएकी तामाङको दिउँसो ११ बजेतिर सोही ठाउँको माम्रे भिरबाट लडेर मृत्यु भएको जानकारी प्राप्त भएको छ। घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट प्रहरीको टोली खटिगई थप अनुसन?धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
पैनीमा डुबेर झापामा एक बालककाे मृत्यु

पैनीमा डुबेर झापामा एक बालककाे मृत्यु

झापा, २० कात्तिक । झापाको मेचिनगर नगरपालिका-७ सतिघट्टामा एक बालककाे पैनीमा डुबेर मृत्यू भएकाे छ। मृत्यू हुनेमा  पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको आइतबार पैनीमा डुबेर ज्यान गएको हाे। अपरान्ह ४ बजेतिर आफ्नै घर नजिकै रहेको पैनीमा खेल्ने क्रममा डुबी बेहोस अवस्थामा भेटेपछी बालकलाई आफन्तले उपचारकोलागी विएनसी अस्पताल विर्तामोड पुर्याएका थिए। गम्भिर घाइते बालकको उपचारको क्रममा साँझ ५ बजे मृत्...
भारतमा फेरि दुई वटा गैँडा भेट्टियो, अवस्था बुझ्न निकुञ्जको टोली भारतमा

भारतमा फेरि दुई वटा गैँडा भेट्टियो, अवस्था बुझ्न निकुञ्जको टोली भारतमा

चितवन, २० कात्तिक । भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ ।  रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।  दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएको अनुमान गरिएको भारत पुग्नुभएका नि...
झापा, मोरङ र सुनसरीमा कति जनाले गरे उम्मेदवारी फिर्ता ?

झापा, मोरङ र सुनसरीमा कति जनाले गरे उम्मेदवारी फिर्ता ?

मोरङ, २० कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीमा मनोनयन दर्ता गराएका ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ (क) बाट कांग्रेसका किशोर राईविरुद्ध स्वतन्त्र उम्मेदवारी दिए मदन ढकालले उम्म्दवारी फिर्ता लिएका हुन् । त्यसैगरी, क्षेत्र नम्बर १ कै प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका केन्द्रीय पार्टी सचिव भीम आचार्य्विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका बरुण राईल...
अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल

अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आशंकामा आइतबार पूर्वमुख्यसचिव, सचिव, पूर्वसचिव र पूर्वआईजीपी लगायतसँग बयान लिएको छ। अख्तियारले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिदका लागि मध्यस्थकर्ता नियुक्त गर्दा तीन करोड रुपैयाँ भ्रष्टाचार भएको आशंकामा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, बहालवाला सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि ब...
वाम गठबन्धनकाे ताप्लेजुङ–दार्चुला अभियान स्थगित

वाम गठबन्धनकाे ताप्लेजुङ–दार्चुला अभियान स्थगित

काठमाण्डौ, २० कात्तिक । एमाले र माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिका तर्फबाट सुरु गर्न लागेको ताप्लेजुङ–दार्चुला अभियान स्थगित गरेका छन् । एकता र तालमेलको सन्देश दिन आइतबारबाट सुरु गर्ने भनिएको एकहप्ते अभियान स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलेजानकारी दिए । अभियानको पहिलो कार्यक्रमअन्तर्गत एमाले अध्यक्ष केपी ओली आइतबार ताप्लेजुङमा आयोजित चुनावी सभामा सहभागी...
२०७४ कात्तिक २० गते सोमबारको राशिफल

२०७४ कात्तिक २० गते सोमबारको राशिफल

वि.सं. २०७४ साल कात्तिक २० गते। सोमबार। इश्वी सन् २०१७ नोभेम्बर ६ तारिख। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– द्वितीया, ७:२४ बजेदेखि तृतीया २९:०७ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैंलाई हानि हुनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन...
ताप्लेजुङ पुगेर ओलीले भने, ‘योगेशलाई संसद बनाएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाइदिन्छु’

ताप्लेजुङ पुगेर ओलीले भने, ‘योगेशलाई संसद बनाएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाइदिन्छु’

ताप्लेजुङ, १९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईको प्रंशसा गरेका छन् । सचिव भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गर्न अनुरोध समेत गरे । उनले योगेशलाई मन्त्री बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु ।’ ताप्लेजुङको सदरमुकाम स्थित तक्म...
पूर्बआइजीपी अर्याल सहित डेढसय उच्च अधिकारीको अकुत सम्पत्तिमाथी अख्तियारको छानबिन

पूर्बआइजीपी अर्याल सहित डेढसय उच्च अधिकारीको अकुत सम्पत्तिमाथी अख्तियारको छानबिन

काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ । अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले जनाएको छ । अख्तियारले सम्पत्ति विवरण (१३ पन्ने) भराइसकेको छ । ‘हामीले केही प्रमाण फेला परेपछि नै बोलाएका हौं,’ स्रोतले भन्यो, ‘उनीसँग ...
नेपाली इन्जिनियरले युगाण्डामा बनाए यस्तो सडक

नेपाली इन्जिनियरले युगाण्डामा बनाए यस्तो सडक

नेपालीहरु भन्ने बित्तिकै विदेशमा सस्तो ज्यालामा काम गर्न जाने भनेर प्रचार भएको छ। नेपालीहरुको दक्षता – क्षमतालाई नेपाल सरकारले उचित स्थान नदिँदा र पहिचान गर्न नसक्दा कतिपय दश जनशक्ति विदेश पलायन हुन परिरहेको छ। विदेशी भूमिमा कतिपय नेपालीहरुले आफूलाई अब्बल मात्रै सावित गरेका छैनन्। सारा नेपालीको शिर ठाडो पार्ने काम पनि गरेका छन्। धेरै नेपालीहरु विदेशका उच्च ओहदामा,महत्वपूर्ण जिम्मेवारीमा बसे...
महोत्तरी ३ मा महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेसको उम्मेदवारी फिर्ता

महोत्तरी ३ मा महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेसको उम्मेदवारी फिर्ता

महोत्तरी, १९ कात्तिक । महोत्तरी-३ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महन्थ ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने निर्देशन केन्द्रबाट आएको महोत्तरी ३ का कांग्रेस उम्मेदवार बजरंग नेपालीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। काठमाडाै‌ : महोत्तरी-३ मा रा...
भियतनाममा आँधीबाट २७ जनाको मृत्यु, २२ बेपत्ता

भियतनाममा आँधीबाट २७ जनाको मृत्यु, २२ बेपत्ता

भियतनाम, १९ कात्तिक । भियतनाममा डाम्रोइ आँधीका कारण शनिबार विहान २७ जनाको मृत्यु भएको र २२ जना हराइरहेको दावी गरिएको छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार जानकारी दिएको छ । प्राप्त समाचारअनुसार १६ जनाको खान्ह होआ प्रान्तको मध्यभागमा, तीन जनाको बिन्ह दिन्ह प्रान्तमा, तीन जनाको मध्य पहाडी लाम...
छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने परम्परा

छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने परम्परा

सुरुंगा,(झापा), १९ कात्तिक । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो न...
लक्ष्मण शिवाकोटी हत्या प्रकरण : हत्याका आरोपी जेल चलान

लक्ष्मण शिवाकोटी हत्या प्रकरण : हत्याका आरोपी जेल चलान

झापा, १९ कात्तिक ।  झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी...
error: Content is protected !!