इटहरीमा गोली चल्यो, दोषी फरार

इटहरीमा गोली चल्यो, दोषी फरार

इटहरी, २४ कात्तिक । इटहरीमा गए राती गोली चलेको छ । इटहरी ४ स्थित पाँनधारे चोकमा गोली चलेको हो । गोली चलेको स्थानबाट एक थान गोलीको खोका बरामद भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय बहादुर राउतले बिहिबार राती ९ बजेको समयमा गोली चलेको पुष्टि गरे । पेस्तोलबाट गोली फायर भएको हुन सक्ने उनले बताए । राउतका अनुसार दुई युवाबीच विवाद हुदा गोली चलेको अनुसन्धानबाट खुलेको बताए । गोली चलाउने इटह...
प्रधानमन्त्रीको आपत्तिपछि १८ दिनदेखि थन्काएर राखिएको चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण

प्रधानमन्त्रीको आपत्तिपछि १८ दिनदेखि थन्काएर राखिएको चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण

काठमाडौँ, २४ कात्तिक । लामो समयदेखि थन्किएर बसेको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी छिन् । डा. गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषदले पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयमा विगत १८ दिनदेखि थन्किएको थियो । मन्त्रिपरिषद्ले कात्तिक ६ गते पारित गरेको अध्यादेश सोही दिन राष्ट्रपति कार्यालयमा पठाइए पनि राष्ट्रपति भण्डारीबाट आज मात्रै प्...
हतियार नबुझाएपछि प्रहरीको निगरानी शुरु

हतियार नबुझाएपछि प्रहरीको निगरानी शुरु

रसुवा, २४ कात्तिक । निर्वाचन अवधिभर गाउँघरमा रहेको हतियार राज्यलाई बुझाउन आग्रह गर्दा बेवास्ता गर्ने स्थानीयवासीलाई नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर राखी हतियार बुझाउन आग्रह गरे पनि बेवास्ता गरेका कारण सूक्ष्म दृष्टिले निगरानी बढाइ हतियार खोजीको अनुसन्धान शुरु गरिएको हो । घरमा बन्दुक रा...
सोलुखुम्बुमा वाम गठबन्धन र काग्रेस कार्यकर्ता बीच झडप, २ घाइते

सोलुखुम्बुमा वाम गठबन्धन र काग्रेस कार्यकर्ता बीच झडप, २ घाइते

सोलुखुम्बु, २४ कात्तिक । जिल्लाको सोताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच शुक्रबार भएको झडपमा २ जना घाइते भएका छन्। झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र कांग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएका प्रहरीले जनाएको छ। घाइते  नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने कांग्रेसकी पेमा तामाङलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ। कसरी भयो झडप? वाम गठब...
‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

काठमाडौँ, २४ कात्तिक । कन्सल्टेन्सीको आवरणमा क्यानडा, टर्की, मकाउ लगायका देशहरुमा पठाइदिन्छौँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मित्रपार्कमा एक्सा वाई इन्टरनेसनल प्रालि नामक कन्सल्टेन्सी सञ्चालकहरु अशोक कुमार यादव र ईश्वरी शिवभक्ति यादव रहेका छन् । सप्तरी विष्णुपुरका यादव र रौतहटकी ईश्वरी शिवभक्ति यादवले रुपन्देही तिलोत्तमा नगरपालिका–८ का विवेश भुसाल सहित ४ ज...
चुनावमा हुने अधिक खर्चको श्रोत खोज्न सरकारलाई आयोगको निर्देशन

चुनावमा हुने अधिक खर्चको श्रोत खोज्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगले निर्वाचनमा हुने अधिक खर्च नियन्त्रण गर्ने दायित्व सरकारको भएको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन प्रचार अभियानमा अधिक खर्च भएको पाइएको स्विकार गर्दै नियन्त्रणका लागि अनुगमनको काममा तीव्रता दिन सरकारलाई पुनः सचेत पनि गराएका छन् । शुक्रबार काठमाडौंमा आयोजित उद्योगी/व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ने...
जर्नादन शर्मालाई लक्षित गरी बम प्रहार

जर्नादन शर्मालाई लक्षित गरी बम प्रहार

रुकुम, २४ कात्तिक । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो । बम प्रहार भएपनि कुनै घटना भने हुन पाएन । चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार भएक...
समृद्धीको सपनामा टोनी हागनको गुन            

समृद्धीको सपनामा टोनी हागनको गुन            

विकास र समृद्धी नेपालले देखेको निकै पुरानो सपना हो । यो सपना पुरा गर्न मोहन शम्सेरले स्विट्जरल्याण्डबाट बहुविषयका ज्ञाताहरुलाई नेपाल झिकाए । भूगर्भविद् टोनी हागन तिनै ज्ञाताहरु मध्ये एक थिए, जसले नेपालको विकासको रुप रेखा (योजना) तयार गरे । योजना बनाइसकेपछि पनि राष्ट्रसंघ, नेपाल सरकार र मानवीय सहायता प्रदान गर्ने अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीको हैसियतमा हागन धेरै समयसम्म नेपालमा बसे । सबै काम...
सुनकाे भाउ बढयाे

सुनकाे भाउ बढयाे

काठमाण्डौ, २४ कात्तिक । सुनको भाउ आज बढेको छ । हिजो बिहिबार प्रतितोला ५६ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मलेसियाका लागि नेपाली राजदूत विवादमा तानिए

मलेसियाका लागि नेपाली राजदूत विवादमा तानिए

काठमाडौं, २४ कात्तिक । मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात विवादमा तानिएका छन् । अवैधानिक  नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया महंगो बनाएपछि उनी विवादमा तानिएका हुन् । यस विषयमा दूतावासले सार्वजनिक सूचना प्रकाशित गरेपछि उनी विवादमा तानिएका हुन् । मलेसियामा  कार्यरत नेपाली श्रमिक तथा सघं–संस्थाहरु राजदूत बस्न्यातको कदम प्रति आपत्ति जनाएका छन् । राजदूतमाथि कमिशनको खेलमा प्र...
विषादी सेवनबाट एकको मृत्यु

विषादी सेवनबाट एकको मृत्यु

गौशाला, २४ कात्तिक । महोत्तरीे सोनमा गाउँपालिकामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका– ६ का ६० वर्षीय बुधन बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । यसअघि सम्सी स्वास्थ्य...
जनकपुरमा पेस्तोल र लागु औषससहित ५ जना पक्राउ

जनकपुरमा पेस्तोल र लागु औषससहित ५ जना पक्राउ

धनुषा, २४ कात्तिक । धनुषाको सवैलाबाट कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट ल्याउँदै गरेको कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको हो । प्रहरीले सवैला नगरपालिका वडा नं.८ निवासी सकुर मियाँ र अनिल पासवानलाई पेस्तोलसहित पक्रउ गरेको हो । उनीहरुबाट एक थान पेस्तोल, एस.एल.आरमा लाग्ने तीन राउण्ड गोली र ज.८ प. ५०९६ नम्बरको मोटरसाईकल बरामद गरे...
जी मनी ट्रान्सले नेपालमा सेवा शुरु गर्दै

जी मनी ट्रान्सले नेपालमा सेवा शुरु गर्दै

काठमाडौं, २४ कात्तिक ।  जापानको  रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस मनी  ट्रान्सफर र  कोरियन  कम्पनीको संयुक्त लगानीमा स्थापित जी मनी ट्रान्सले  नोभेम्बर  ११,  २०१७  बाट आफ्नो  सेवा शुरु गर्दैछ । दक्षिण कोरिया सरकारले यही जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै  कम्पनीहरुले आवेदन दिएकोमा  अनुमति...
सिस्नु, ढिँडो र कोदोको रोटीका भरमा उम्मेदवार

सिस्नु, ढिँडो र कोदोको रोटीका भरमा उम्मेदवार

गुल्मी, २४ कात्तिक । कार्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी प्रचारमा हिँडेदेखि नै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य उमेदवार प्रदीपकुमार ज्ञवाली र सोही क्षेत्र प्रदेश ‘क’ का उमेदवार सुदर्शन वरालको साधारण जीवनशैली देखेर मतदता र उनिहरुसँगै खटिएका कार्यकर्ताहरु छक्क परेका छन् । नेता ज्ञवाली र बरालको चुनावी यात्राका क्रममा वलेटक्सार, वम्घा हुँदै हर्मिचौर अर्वेनी, पर्तिघाट, खड्गकोट , पार...
घरदैलेमा हिडेका प्रचण्डसँग स्थानीयले राखे यस्ता माग

घरदैलेमा हिडेका प्रचण्डसँग स्थानीयले राखे यस्ता माग

चितवन, २४ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन् । वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका दाहालले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका ला...
हतियारसहित उम्मेदवार पक्राउ

हतियारसहित उम्मेदवार पक्राउ

जनकपुरधाम, २४ कात्तिक । स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका दुई जनासहित अन्य व्यक्तिलाई विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा आज पक्राउ गरी सार्वजनिक गरिएकामध्ये एकजना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार र अर्को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । पक्राउ भएकामध्ये धनुषा जिल्ला गणेशम...
६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु

६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु

इटहरी, २४ कात्तिक । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमा रहँदा करोडौँ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका लेखापाल सुरेश अधिकारीमाथि अख्तियारद्वारा अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फरार रहेको अवस्थामा उनलाई काठमाडौँबाट गत आइतबार पक्राउ गरेको थियो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्म...
हिले बजारमा पिकअप दुर्घटना (फोटो फिचरसहित)

हिले बजारमा पिकअप दुर्घटना (फोटो फिचरसहित)

धनकुटा, २४ कात्तिक । धनकुटाको हिले बजारमा आज बिहान पिकअप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । पाख्रीवासबाट दुध लिएर निगाले आउँदै गरेको को.१ ज १७८८ नम्बरको पिकअप बिहान करिव साँढे आठ बजे ब्रेक फेल भएर हिले वीच बजारमा पल्टिएको हो । दुर्घटनामा परी पिकअप चालक पाख्रीवास नगरपालिका–४ का ३४ बर्षीय हेडम राउत र सह–चालक पाख्रीवास–१ का १६ बर्षीय बिजय गुरुङ घाईते भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले सं...
जिप र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

बाँके, २३ कात्तिक। नेपालगञ्जमा गएराति भएको सडक दुर्घटनामा परि एकजनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् । नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा बाँके जिल्ला कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ । सडक पार गर्दै गरेको गाडीमा मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा पछाडी सवार बस्नेत गम्भीर घाइते भई नर्सिङहोमम...
२०७४ कात्तिक २३ गते बिहीबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ कात्तिक २३ गते बिहीबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल कात्तिक २३ गते। बिहीबार। इश्वी सन् २०१७ नोभेम्बर ९ तारिख। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– षष्ठी, २२:०३ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर अपराह्नपछि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तहरू टाढिने ...
हिलेमा राष्ट्रिय खुल्ला ब्याडमिन्टनको तयारी पुरा 

हिलेमा राष्ट्रिय खुल्ला ब्याडमिन्टनको तयारी पुरा 

धनकुटा, २२ कात्तिक । धनकुटाको हिलेमा भोलि (बिहीबार) देखि हुँने राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । तीन दिनसम्म सञ्चालन हुँने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक हिले ब्याडमिन्टन क्लवका अध्यक्ष रामबहादुर तामाङ गोङ्वाले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार प्रतियोगितामा काठमाण्डौ, उदयपुर, खोटाङ, झापा, सुनसरी, पाँचथर, संखुवासभा लगायत जिल्लाबाट करिव ७० टिम स...
ताप्लेजुङमा उम्मेदवारको घरमा नेकपाले राख्यो कालो झण्डा

ताप्लेजुङमा उम्मेदवारको घरमा नेकपाले राख्यो कालो झण्डा

ताप्लेजुङ, २२ कात्तिक । ताप्लेजुङमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वाम गठबन्धनका उमेदवारको घरमा कालो झण्डा रोखेको छ । प्रदेशसभा तर्फ ताप्लेजुङ (ख) का उमेदवार टंक आङबुहाङको साविकको चाँगे गाविसमा रहेको घरमा कालोझण्डा राखिएको हो । यस अघि विज्ञप्ति प्रकाशित गरी उमेदवारी फिर्ता गर्न सबैलाई आग्रह गरेको र आग्रहलाई ब्यवास्था गरेकाले आङ्बुहाङको घरमा कालोझण्डा राखेर घर कब्जामा लिएको नेकपाका ज...
धनकुटामा बाम गठबन्धनको सक्रियता : जिल्लाभर संयुक्त भेला, सात तहमा १४ समिति निर्माण

धनकुटामा बाम गठबन्धनको सक्रियता : जिल्लाभर संयुक्त भेला, सात तहमा १४ समिति निर्माण

धनकुटा, २१ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम गठबन्धनले धनकुटामा सक्रियता बढाएको छ । सोमबार जिल्लाका सातवटै स्थानीय तहमा चुनाव लक्षित ‘संयुक्त वाम गठवन्धन भेला’ गरिएको छ । आगामी मंसिर २१ गते हुँने दुवै चुनावलाई लक्षित गरेर एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा कार्यक्रम गरेको हो । चुनावमा बाम गठबन्धनका उम्मेद्वारलाई बि...
वाम गठन्धनको घोषणापत्र आज सार्वजनिक हुँदै

वाम गठन्धनको घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं, २१ कात्तिक । वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र आज  सार्वजनिक गर्ने भएको छ । घोाषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफैँ बनाऔँ,   नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजन जनमा सेयर जस्ता  नारालाई समावेश गरेको बताइएको छ । आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग...
२०७४ कात्तिक २१ गते मंगलबारको राशिफल

२०७४ कात्तिक २१ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल कात्तिक २१ गते। मंगलबार। इश्वी सन् २०१७ नोभेम्बर ७ तारिख। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– चतुर्थी, २६:४४ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। नयाँ काम सुरु गर्नुअघि शुभचिन्तक तथा सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। ...
सुन्दरनगरीमा नेताका चर्का चुनावी नारा

सुन्दरनगरीमा नेताका चर्का चुनावी नारा

पोखरा , २० कात्तिक । राणाकालमा राज्यभित्रको राज्य रहेको कास्कीभन्दा पोखरा चर्चित छ यतिबेला। राजधानीबाट ९० माइलको हवाई दूरी रहेको पोखरा नेताहरुको रात्री बसाईको चर्चित गन्तव्य रहेपनि राजनीतिको केन्द्र बन्नै सकेन । राणाहरुकै राज्य भए पनि शक्तिकेन्द्रको रुपमा पाल्पा र व्यापारमा बाग्लुङ अनि बन्दीपुरको छायाँमा पर्‍यो, पोखरा। ७ हजार मिटर अग्ला ११ वटा हिमचुचुरासहितको कास्कीले पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’...
सरकारी अधिकारीमाथि छानविन थाल्यो

सरकारी अधिकारीमाथि छानविन थाल्यो

काठमाडौं, २० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा २ सय जना उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ । अवकासप्राप्त र वहालवालासहित ठूलो संख्याका उच्च अधिकारीविरुद्ध अख्तियारले अनुसन्धान थालेको हो । सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको स्रोतले जानकारी दिएक...
फोटो स्टुडियोमा नक्कली लाइसेन्सको धन्दा, दुई जना पक्राउ

फोटो स्टुडियोमा नक्कली लाइसेन्सको धन्दा, दुई जना पक्राउ

काठमाडौं, २० कात्तिक । नक्कली सरकारी कागजातहरु, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र र नेपाली सेनाका परिचयपत्र  बनाउने गिरोहका दुई सदस्यलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ्ग स्थायी घर भएका शालिकराम अधिकारी र संखुवासभाका यज्ञराज कार्की रहेका छन् । काठमाडौंको महराजगञ्जमा ‘कल्की फोटो स्टुडीयो’ सञ्चालन गर्दै आएका अधिकारीले स्टुडियोबाटै नक...
ताप्लेजुङका २२ मतदान स्थल अति संवेदनशील

ताप्लेजुङका २२ मतदान स्थल अति संवेदनशील

ताप्लेजुङ, २० कात्तिक । ताप्लेजुङका २२ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कायम रहेका ७३ मतदान स्थल मध्ये २२ मतदान स्थललाई प्रशासनले अति संवेदनशीलको सूचीमा राखेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । उनका अनुसार बाँकी २० वटा संवेदनशील र ३१ वटा मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको छ । यसैबीच, निर्वाचन आचारसंहिता कार्या...
सर्वोच्चको आदेश लिएर विमान उडाउँदा दुर्घटना !

सर्वोच्चको आदेश लिएर विमान उडाउँदा दुर्घटना !

भैरहवा, २० कात्तिक । सोमबार दिउँसो नेपाल एयरलाइन्सको विमान परीक्षण उडानका क्रममा भैरहवा विमानस्थलमा दुर्घटनामा पर्‍यो । विमानभित्र रहेका पाइलटलाई भाग्यवस केही भएन । चालकको मुख्य सिटमा बसेका व्यक्ति थिए- निगमले अयोग्य ठहर्‍याएर बर्खास्त गरेका निपेन्द्र भट्टराई । काठमाडौंबाट आएको विमान भैरहवा विमानस्थलमा ल्याडिङ गर्ने क्रममा सामान्य दुर्घटनामा परेको हो । यस विमानका मुख्य चालक बरिष्ठ क्याप्टेन भट्ट...
समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य-प्रचण्ड

समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य-प्रचण्ड

चितवन, २० कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पारेका छन् । वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले आज यहाँ अयोजना गरेको कार्यकर्र्ता प्रशिक्षणमा उनले भने“नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक...
error: Content is protected !!