काठमाडौं– सरकारले आर्थिक सहायताका नाममा बेला बेला राज्यकोषबाट ठुलो रकम वितरण गर्दै आएको छ । यही क्रममा सरकारले कांग्रेस नेता तथा पुर्व सभामुख तारानाथ रानाभाटलाई ७० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।
गत मंसिर ६ गतेको मन्त्रीपरिषद बैठकले रानाभाटलाई यो रकम दिएको हो । पछिल्लो पटक आफु निटक व्यक्ति र संस्थालाई आर्थिक सहयोग दिएको भन्दै सरकारको आलोचना भएको छ ।
सरकारले राजनीतिक पहुँचका आधारमा उपचार खर्च दिने गरेको छ । त्यसैगरी सरकारले सोही दिन सर्वोच्चका न्यायाधीस तेजबहादुर केसीलाई उचारका लागि पाँच लाख ७५ हजार रुपैयाँ दिएको छ ।
गत हप्तामात्र तुलसी गिरीलाई पनि सरकारले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।