अनलाइनखबर

काठमाडौं, १५ पुस ।  मितमाआको घर हिँडेकी महिलालाई नग्न बनाई झापा जिल्लास्थित चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् । पीडित महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ ।

प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘फ कुमारी’ (परिवर्तित नाम) मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो ।

Advertisement

सालबाडीका विजयबहादुर राना र नविन डाँगीसहितको समूहले दिदीभाइलाई जबरजस्ती चुम्बन गर्न लगाए र त्यसको फोटो खिचे ।

यो समूहले कपडा खोलेर नाङ्गो बनाएको र पटक-पटक करणीको प्रयास गरेको पीडितले बताएकी छन्उनीहरुले युवतीलाई नग्न पारेको भिडियोसमेत बनाएका थिए । उनीहरुले एक लाख मागेको र नदिए भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको पीडितको भनाइ छ ।

तर, पीडित दिदीभाइले १० हजार मात्रै छ, त्यो पनि बैंकबाट निकाल्नुपर्छ भनेपछि विजय र नविनको समूहले मोटरसाइकलको साँचो खोसेर महिलालाई चियाबारीभित्र लगेर राखे । पीडिकमध्येका एकजना पीडितका भाइलाई लिएर पैसा निकाल्न बैंकतिर लागे ।

त्यही क्रममा पीडितका भाइ भागेर प्रहरी कहाँ पुगे । प्रहरी टोलीले घटनास्थल पुगेर चियाबारीभित्रबाट नाङ्गो अवस्थामा महिलाको उद्दार गरेको छ । प्रहरीका अनुसार यो समूहले उनीहरुको साथमा रहेको १२ हजार २०० लिएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!