सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

उर्लाबारी, मोरङ, १४ चैत ।  दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ना ४ ख ८३५७ नं.को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको मे ९ प ७६१७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई–४ झुर्कियाका सन्तोष ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब ...
गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग

गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग

काठमाडौँ, १४ चैत ।  उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत सडक विस्तार रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा उपत्यकाका विभिन्न भागबाट जम्मा भएका सडक विस्तार पीडितले धर्ना शुरु गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको थियो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदा बस्तीको पहिचानलाई मेटाउन सडक विस्तार भएको ...
धनकुटा ट्रेड युनियन कांग्रेसमा पुनः बिगेन्द्र निर्वाचित

धनकुटा ट्रेड युनियन कांग्रेसमा पुनः बिगेन्द्र निर्वाचित

धनकुटा, १४ चैत । नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाको आज सम्पन्न जिल्ला अधिवेशनबाट विगेन्द्र याक्खा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले याखाको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत गठन गरेको हो । समितिको उपाध्यक्षमा नेपाल चलचित्र संघवाट पूर्ण कुमार चौधरी, नेपाल प्रेस युनियनबाट विनोद घिमिरे, सेवा क्षेत्रवाट कुल प्रसाद दाहाल, गृह श्रमिकबाट देविका वराल र कृषि क्षेत्रबाट दामो...
प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिनुभयो । भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वप...
प्रदेश नं १ः आर्थिक कार्यविधि विधेयक पेश

प्रदेश नं १ः आर्थिक कार्यविधि विधेयक पेश

विराटनगर, १४ चैत । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ पेश भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज सो विधेयक पेश गर्नुभएको हो । विधेयकमा राजश्व, लेखा, आन्तरिक लेखा परीक्षण, अभिलेख कोषको व्यवस्था, खर्च, सरकारी रकम, रकमान्तरको व्यवस्था, बेरुजु फछर्याेट, भ्रमणलगायत विषय छन् । सो विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ज्ञानेश्वर राजव...
सडक विस्तारको विरोध गर्नेमाथि प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

सडक विस्तारको विरोध गर्नेमाथि प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

काठमाडौं, १४ चैत। सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ । काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन गरेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । बानेश्वरमा सडक अवरुद्ध पार्दै प्रदर्शनकारीहरु सडकमै सुतेपछि प्रहरीले हटाउन खोजेपछि तनाव बढ्यो । प्रहरीले वानी...
के केरासित अण्डा खाएकै कारण मानिसको मृत्यु हुनसक्छ ?

के केरासित अण्डा खाएकै कारण मानिसको मृत्यु हुनसक्छ ?

हिजोआज सोसियल मिडियामा एउटा पोष्ट भाइरल भएको छ । अण्डा र त्यसलगत्तै केरा सेवन गरिएको केही सेकेण्डमै भारतका एक व्यक्तिको मृत्यु भएपछि उक्त पोष्ट सोसियल मिडियामा एकाएक भाइरल बन्दै गएको छ । उक्त पोष्टलाई आधार मान्ने हो भने अण्डा र केराको मिश्रणले पेटमा गएर विषको रूप लिने गर्दछ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले अण्डा र केराकेा सेवन नगर्न सोसल मिडियामा सुझावको ओइलो लागेको छ । आखिर अ...
प्रतिपक्षलाई बेवास्ता गरिन्न – अध्यक्ष तिमिल्सिना

प्रतिपक्षलाई बेवास्ता गरिन्न – अध्यक्ष तिमिल्सिना

काठमाडौंँ, १४ चैत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ...
वैशाख ७ मा ‘स्वर्ग मेरो गाउँ’

वैशाख ७ मा ‘स्वर्ग मेरो गाउँ’

माघ १२ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ अब वैशाख ७ गतेबाट रिलिज हुने भएको छ । विविध कारणले माघमा रिलिज हुन नसकेको यो चलचित्रलाई वैशाखमा सारिएको निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले जानकारी दिएका छन् । यो चलचित्रले शहरबाट गाउँ घुम्न गएका यूवतीहरुले गाउँलाई नै स्वर्ग बनाउनका लागि गरेको कामको कथालाई उठान गरेको छ । चलचित्रमा नायक नरेन खड्काको साथमा रामकृष्ण बजगाँइ, भावना ग...
चुनाव चिन्ह र भागबन्डामै लफडा, सुस्त गतिमा वाम एकता

चुनाव चिन्ह र भागबन्डामै लफडा, सुस्त गतिमा वाम एकता

काठमाडौं, १४ चैत । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रधानमन्त्रीको भारत भ्रमण अघि नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण अघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने भनिएको भएपनि अब त्यो सम्भावना तत्काललाई टरेको नेताहरुले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अप्रिल २२ अर्थात बैशाख ९ गते पूर्व घोषित मितिमा पनि एकता हुने नहुनेमा स्वयं नेताहर...
ससुरालीमा दुई ज्वाइँबीच छुरा हानाहान, एक जनाको हत्या

ससुरालीमा दुई ज्वाइँबीच छुरा हानाहान, एक जनाको हत्या

पर्सा, १४ चैत ।  पर्साको जगरनाथपुरमा ससुरालीमा आएका ज्वाइँबीच छुरा हानाहान हुँदा एक जनाको हत्या भएको छ । साढुुदाइले छुराले हानेर साढुभाइको हत्या गरेका हुन् । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर–४, लंगडीमा ससुराली गएका साढुदाइ र भाइबीच रक्सी पिएपछि झगडा हुँदा छुरा प्रहार भएको हो । भारत बिहारको बेतिया जिल्लाको कठिया मठिया निवासी साढुदाइ बिजुली मुखिया बिनले ३० वर्षीय साढुभाइ उमेश मुखिया बिनलाई छुराले ह...
प्रधानमन्त्रीले बैसाख १ गते रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने

प्रधानमन्त्रीले बैसाख १ गते रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन्। नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको बुधबार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्। ‘कर्णाल...
१६ बर्षकी किशोरीले आफ्नै दाजुमाथि लगाइन् बलात्कारको आरोप

१६ बर्षकी किशोरीले आफ्नै दाजुमाथि लगाइन् बलात्कारको आरोप

गुल्मी, १४ चैत। गुल्मी–गुल्मीबाट एउटा दर्दानक घटना बाहिर आएको छ । आफ्नै सहोदर दाईले बहिनीलाई बलात्कार गरेको आरोपसहितको घटना सतहमा आएको छ ।  बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको भन्दै एक किशोरीले मुद्धा दायर गरेकी छन् । घटना चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको हो ।  गुल्मीकै धुर्कोट गाउँपालिका–५ स्थित घरमै बसेकी १६ बर्षीय बहिनीमाथि अत्याचार भएको बताइएको छ । दाजुको उ...
नोबेलको स्वास्थ्य शिविरबाट १० हजार विरामीको निःशुल्क उपचार

नोबेलको स्वास्थ्य शिविरबाट १० हजार विरामीको निःशुल्क उपचार

विराटनगर, १४ चैत। विगत एक महिनाको अवधिमा विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य शिविर मार्फत करिव १० हजार विरामीको निःशुल्क उपचार गरेको छ । मोरङका बिभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विरामीको निःशुल्क उपचार गरिएको हो । मोरङको बयरबन, सुन्दरहरैचा, बेलवारी, उर्लावारी, इटहरा, मृगौलिया, लेटाङ लगायत ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नोबेल अस्पतालले ...
सुशील थापा बसभित्रै मृत फेला

सुशील थापा बसभित्रै मृत फेला

कञ्चनपुर, १४ चैत । कञ्चनपुर महाकाली नगरपालिका-१ कञ्चभोजका ५० वर्षीय सुशील थापा बुधबार बसभित्रै मृत फेला परेका छन् । कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ख८८४९ नं को बसभित्र उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय  निकुञ्जकोे अर्जुनी चेकपोष्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रम...
म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

नेपित्व, १४ चैत । म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित हुनुभएको छ । उहाँ सत्तारुढ दलका उम्मेदवार हुनुहन्थ्यो । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उहाँको एकजना निकटस्थ व्यक्ति हुनुहुन्छ । सन् १९४८ पछि उहाँ म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उहाँले ४०३ मत प्राप्त गर्नुभएको थियो । म्यानमारको युनियन संसदले बुधबार...
आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

काठमाडौँ, १४ चैत । आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हुँदा प्रहरीलाई समस्या भएको हो । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न नसकेको महानगरीय प्रहरी परिसर, टेकुका मुद्दा शाखाका प्रमुख एंव प्रहरी निरीक्षक मो...
स्थानीय तहले नै कानून बनाएर बहाल कर असुल गर्ने

स्थानीय तहले नै कानून बनाएर बहाल कर असुल गर्ने

काठमाडौँ, १४ चैत । काठमाडौँ महानगरपालिकाको घर बहाल करसम्बन्धी विवाद अन्त्य भएसँगै दोहोर कर तिर्नुपर्ने झन्झटबाट नागरिक मुक्त भएका छन् । केन्द्र सरकारले घरबहाल कर असुलीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेसँगै महानगरको बहाल करसम्बन्धी विवाद अन्त्य भएको कामपाका निर्देशक नवराज ढकालले जानकारी दिनुभयो । ढकालले भन्नुभयो–“विवादमा रहेको विषय अन्त्य हुनु राम्रो पक्ष हो तर यो संविधानले व्यवस्था गरेका...
नेपाल रेडक्रसलाई ८० लाख सहयोग

नेपाल रेडक्रसलाई ८० लाख सहयोग

काठमाडौँ, १४ चैत । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति(आइसीआरसी)ले करीव  ८० लाख सहयोग गर्ने भएको छ । रेडक्रसका आधाभूत सिद्धान्त, पारिवारिक सम्पर्कको पुनःस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धिजस्ता गतिविधि सञ्चालनमा नेपाल रेडक्रसले सो रकम खर्च गर्ने छ । आइसीआरसीका नेपाल प्रतिनिधि आन्द्रे पाकेट र नेरेसोका महामन्त्र...
मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

काठमाडौँ, १४ चैत ।  मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ । चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो । स्वास्थ्य जाँचमा खटिनुभएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, मह...
चुरे संरक्षण र काठमाडौंको फोहोर व्यवस्थापनमा जापानी राजदूत मासासीको चासो

चुरे संरक्षण र काठमाडौंको फोहोर व्यवस्थापनमा जापानी राजदूत मासासीको चासो

काठमाडाैं, १४ चैत । नेपालका लागि जापानी राजदूत ओगावा मासासिले काठमाडौंको फोहोर व्यवस्थापन तथा तराईं, मधेसको चुरे संरक्षणमा चासो देखाएका छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग बुधबार भेट गरी राजदूत ओगावा मासासिले वातावरण संरक्षणमा चासो देखाएका हुन् । राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सह...
म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै

म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै

बाबियाचौर, म्याग्दी, १४ चैत । कानूनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भएपछि म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित कानूनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् । स्थानीय तहले जनप्रतिनिधिको क्षमता विकासका लागि तालीम सञ्चालन गरेका छन् । निर्वाचित भएको १० महिना बिते पनि सार्वजनिक सेवा प्रवाह, नीति र विकास निर्माणको क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको भनेर आलोचना खेप...
मुख्यमन्त्री र मन्त्रीलार्ई औपचारिक कार्यक्रममै भ्याइनभ्याइ

मुख्यमन्त्री र मन्त्रीलार्ई औपचारिक कार्यक्रममै भ्याइनभ्याइ

महेन्द्रनगर, १४ धनुषा ।  प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन् । यसरी हेर्दा मुख्यमन्त्री र मन्त्रीको दैनिक एक समय खाना पनि कार्यक्रममै हुनेगरेको देखिएको छ । केही महिना पहिलेसम्म प्रमुख जिल्ला अधिकारी, स्...
वन तथा वातावरणमन्त्री बस्नेतसँग जापानी राजदूतको भेट

वन तथा वातावरणमन्त्री बस्नेतसँग जापानी राजदूतको भेट

काठमाडौँ, १४ चैत ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँले जापान सरकारले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि असल साझेदारका रुपमा सहयोग गर्दै आएकोमा उच्च प्रशंसा गर्नुभयो । आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दै मन्त्री बस्नतेले जनस्तरमा समेत जापान नेपालक...
३३ वर्ष बित्दा पनि सडक बनेन

३३ वर्ष बित्दा पनि सडक बनेन

डोटी, १४ चैत।  निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माणकार्य थालिएको सडक हो । शुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सडक निर्माणले कछुवा गति लिएको...
चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता, कुराकानी के विषयमा भयो भन्ने बारेमा विश्वव्यापी चासो

चिनियाँ राष्ट्रपति सि र उत्तर कोरियाली नेता किमबीच बेइजिङ्मा वार्ता, कुराकानी के विषयमा भयो भन्ने बारेमा विश्वव्यापी चासो

बेइजिङ, १४ चैत ।  मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ । बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र उहाँको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपत...
माछा मार्ने जालमा नवजात शिशुको शव

माछा मार्ने जालमा नवजात शिशुको शव

बाजुरा, १४ चैत ।  बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा नवजात शिशुको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा बेवारिसे अवस्थामा उक्त शिशुको शव फेला परेको हो। शव भेटिएको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। उनका अनुसार श...
माटोका भाँडा बनाउने पेशा लोप हुँदै

माटोका भाँडा बनाउने पेशा लोप हुँदै

पाल्पा, १४ चैत  । कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो । माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा न...
अमेरिकी विमानस्थलमा पाकिस्तानी प्रधानमन्त्रीको ‘अपमान’

अमेरिकी विमानस्थलमा पाकिस्तानी प्रधानमन्त्रीको ‘अपमान’

काठमाडौं, १४ चैत । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीले अमेरिकामा अपमान खेप्नु परेको छ । अमेरिकाको एयरपोर्टमा रुटिन सुरक्षा जाँच हुँदै उनले सामान्य नागरिक सरह अगाडि बढ्नु परेको छ । अब्बासीको ब्याग र कोट सेक्युरिटी चेक गरेको देखिएको  पाकिस्तानी संचारमाध्यमहरुले बताएका छन् । उनी गत हप्ता आफ्नी बिरामी बहिनी भेट्न अमेरिका पुगेका थिए ।  बहिनी भेट्ने बहानामा पुगेका अब्बासीले अमेरिकी उपराष्ट्...
भारतमा हात्तीले ‘धूम्रपान’ गरेपछि विज्ञहरू छक्क (भिडियोसहित)

भारतमा हात्तीले ‘धूम्रपान’ गरेपछि विज्ञहरू छक्क (भिडियोसहित)

धूवाँ फालिरहेको जस्तो देखिएको भारतको एक जंगली हात्तीले विश्वभरका वन्यजन्तु विज्ञहरूलाई आश्चर्यमा पारेको छ । भारतको वन्यजन्तु संरक्षण समाजका वैज्ञानिक विनय कुमारले लिएको ४८ सेकेण्डको उक्त भिडियो अहिले चर्चामा छ । उनले यो भिडियो आफ्नो कामको सिलसिलामा दक्षिणी भारतीय राज्य कर्नाटकको नगरहोले जङ्गलमा सन् २०१६ को अप्रिल महिनामा खिचेका थिए । आफूले भिडियोको महत्त्व नबुझेकाले यसअघि सार्वजनिक नगरेको वैज्...
अस्थायी शिक्षकको परीक्षा बिथोल्ने क्रान्तिकारीको चेतावनी

अस्थायी शिक्षकको परीक्षा बिथोल्ने क्रान्तिकारीको चेतावनी

भक्तपुर, १४ चैत । सत्तारुढ माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले आगामी २३ गते निर्धारित शिक्षक सेवा आयोगको परीक्षा स्थगित नगरे बिथोल्ने चेतावनी दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने परीक्षा स्थगित नहुने बताइसकेका छन् । र, आन्दोलनरत अस्थायी शिक्षक तथा विद्यार्थीहरुसँग वार्ता गर्न मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गरेका छन् । वार्ता समिति गठन भएको भोलिपल्टै भक्तपुरमा आयोजित एक क...
error: Content is protected !!