धूवाँ फालिरहेको जस्तो देखिएको भारतको एक जंगली हात्तीले विश्वभरका वन्यजन्तु विज्ञहरूलाई आश्चर्यमा पारेको छ ।

Advertisement

भारतको वन्यजन्तु संरक्षण समाजका वैज्ञानिक विनय कुमारले लिएको ४८ सेकेण्डको उक्त भिडियो अहिले चर्चामा छ । उनले यो भिडियो आफ्नो कामको सिलसिलामा दक्षिणी भारतीय राज्य कर्नाटकको नगरहोले जङ्गलमा सन् २०१६ को अप्रिल महिनामा खिचेका थिए ।

आफूले भिडियोको महत्त्व नबुझेकाले यसअघि सार्वजनिक नगरेको वैज्ञानिक कुमारले बिबिसीलाइ बताए ।

वैज्ञानिकहरू भने अझै पनि हात्तीले किन त्यसरी खरानी मुखबाट उडायो भन्नेमा प्रस्ट छैनन् ।

यो हात्तीले यस्तो खाले आचरण देखाएको पहिलो भिडियो दस्तावेज हो । यसले विज्ञ र वैज्ञानिक दुवैलाई अचम्मित पारेको वन्यजन्तु संरक्षण समाज, भारतले बताएको छ ।

‘कोइला निलेको थियो हात्तीले’

कुमारले आफू र आफ्नो समूहले बिहानैबाट जङ्गल अवलोकन गरेर बाघको तस्वीर लिन खोज्दै गर्दा एक स्त्री हात्तीलाई देखेको बताए । आफूभन्दा ५० मिटर देखिएको सोही हात्तीको भिडियो आफ्नो क्यामेराले कैद गरेको कुमारले बताए ।

वक्तव्य अनुसार हात्तीले जंगली आगोमा रहेका कोइलाहरू निलेको र खरानी फू गरेर उडाएको जस्तो देखिने बताएको छ ।

‘त्यो दिन हामीले हात्तीले धूम्रपानै गरेजस्ता देखेका थियौँ’, कुमारले भने, ‘हात्तीले सुँढले खरानी मुखमा हालेर फू… गरेर फालेको देखिएको थियो ।’

‘वन्यजन्तुको उपचार विधि हुनसक्छ’

भिडियो हेरेका हात्ती विज्ञ वरुण गोस्वामी हात्तीले आगो लागेको जङ्गलको भूँइबाट टिपेर कोइला निल्न लागेजस्तो र निल्दा खरानी श्वासले फुकेर फालेको जस्तो देखिएको बताउँछन ।

‘कोइलामा विशाक्त नियन्त्रक गुणहरू भएकाले पोषण तत्वहरु नभए पनि वन्यजन्तुहरू उपचार पद्दतिको लागी आकर्षित भएको हुनसक्छ’, हात्तीविज्ञ वरुण गोस्वामी भन्छन्, ‘कोइलाले रेचक औषधिको पनि काम गर्ने भएकाले वन्यजन्तुहरूले यसलाई जंगली डढेलो, चट्याङ आदि पछि सेवन गर्नसक्छन ।’

https://youtu.be/0EEDRY0wd3U

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!