पर्सा, १४ चैत ।  पर्साको जगरनाथपुरमा ससुरालीमा आएका ज्वाइँबीच छुरा हानाहान हुँदा एक जनाको हत्या भएको छ । साढुुदाइले छुराले हानेर साढुभाइको हत्या गरेका हुन् ।

जगरनाथपुर गाउँपालिकाको वडा नम्बर–४, लंगडीमा ससुराली गएका साढुदाइ र भाइबीच रक्सी पिएपछि झगडा हुँदा छुरा प्रहार भएको हो । भारत बिहारको बेतिया जिल्लाको कठिया मठिया निवासी साढुदाइ बिजुली मुखिया बिनले ३० वर्षीय साढुभाइ उमेश मुखिया बिनलाई छुराले हानेर घाइते बनाएका थिए ।

Advertisement

उनको शरीरको तीन ठाउँमा छुरा हानिएको प्रहरीले जनायो । उपचारका अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साले बिनको हत्यामा संलग्न रहेको आरोपमा बिजुली मुखियाको खोजी भइरहेको बताएको छ ।

ससुराली पुगेका ज्वाइँहरुबीच मदिरा पिएपछि विवाद भएको र त्यसपछि बिजुलीले उमेशलाई छुरा हानेको प्रहरीले जनाएको छ ।
भारतमा अपराध गरेर लुक्न नेपाल आउने गरेका मुखियाले आफनै साढुभाइको हत्या गरेर फरार भएका छन् । प्रहरीले अनुसन्धानका लागि बिजुलीका ससुरा र सासूलाई नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!