काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन्।

Advertisement

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको बुधबार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्।

‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन्।

ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने समेत बताएका छन्। ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले नेपाल बनाउछ। केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन्।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकाले कसैलाई दमन नगर्ने बताए । यद्यपी हत्या, हिंसा,च न्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेलाई नछोड्ने चेतावनी ओलीले दिए । ‘सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेलाई चाहिँ छोड्दैन,’ उनले भने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!